काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक (मौका) परीक्षाको नतिजा बिहीबार राति सार्वजनिक गरेको छ।
बोर्डका अनुसार साउन २ र ३ गते सञ्चालन गरिएको परीक्षामा सहभागी भएका विद्यार्थीमध्ये ८१.१९ प्रतिशत ले सबै विषयमा ग्रेड प्राप्त गरेका छन्।
पूरक परीक्षामा ७१ हजार ३१० विद्यार्थी सहभागी भएका थिए। तीमध्ये ५८ हजार ८९७ जनाले सबै विषयमा ग्रेड प्राप्त गरेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।
बोर्डका अनुसार तीन जना परीक्षार्थीको भने परीक्षाफल रद्द गरिएको छ।
राष्ट्रिय परीक्षा बोर्डले परीक्षार्थीहरूले आफ्नो नतिजा बोर्डको वेबसाइट, एसएमएस सेवा तथा आईभीआर सेवामार्फत हेर्न सक्ने जनाएको छ।






