काठमाडौँ। प्रतिनिधि सभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको शुक्रबारका लागि निर्धारित बैठक स्थगित भएको छ।
समिति सचिवालयले सूचना जारी गर्दै सभापतिको स्वास्थ्यमा समस्या देखिएपछि बैठक स्थगित गरिएको जनाएको हो।
आजको बैठकमा विभिन्न कारागार तथा हिरासतमा रहेका थुनुवा र कैदीबन्दीको मानव अधिकार अवस्थासम्बन्धी अध्ययन प्रतिवेदन पेस गर्ने तथा प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची तय गरिएको थियो।
बैठक स्थगित भएपछि उक्त कार्यसूची आगामी बैठकमा प्रस्तुत गरी छलफल गरिने समिति सचिवालयले जनाएको छ।






