२२ श्रावण २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रज्ञा प्रतिष्ठानका पदाधिकारी नियुक्त, तीन संस्थाले पाए नयाँ नेतृत्व

अ+ अ-

सिफारिसअनुसार नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा कुलपति, उपकुलपति, सदस्य-सचिवसहित पदाधिकारी नियुक्त गरेका छन्।

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा विभिन्न पदाधिकारी नियुक्त गरेका छन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेल (गनेस)को अध्यक्षतामा गठित सिफारिस समितिको सिफारिसअनुसार प्रधानमन्त्रीले साउन २० गते तीनवटै प्रतिष्ठानमा कुलपति, उपकुलपति, सदस्य-सचिव र परिषद् सदस्य नियुक्त गरेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका सहसचिव एवं प्रवक्ता जयनारायण आचार्यद्धारा जारी विज्ञप्ति अनुसार नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपतिमा सिन्धुलीका कुमार नगरकोटी र उपकुलपतिमा पर्वतका अविनाश श्रेष्ठ नियुक्त भएका छन्। सदस्य-सचिवमा रुपन्देहीका रोशन शेरचन नियुक्त हुँदा परिषद् सदस्यमा काठमाडौँकी प्रतिसरा मानन्धर, दाङका कृष्ण राज चौधरी, तेह्रथुमकी सीता सुब्बा, कास्कीका तीर्थ बहादुर गुरुङ, सिराहाकी रुपा कुमारी, दाङका नवीन नेपाली, काभ्रेका दीपक सापकोटा र सुर्खेतका दुर्गा बहादुर घर्ती नियुक्त भएका छन्।

त्यस्तै, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको कुलपतिमा ललितपुरकी एरिणा ताम्राकार र उपकुलपतिमा ललितपुरका चन्द्र श्याम डंगोल नियुक्त भएका छन्। सदस्य-सचिवको जिम्मेवारी दोलखाका कैलाश कुमार श्रेष्ठले पाएका छन्।

सो प्रतिष्ठानको परिषद् सदस्यमा काठमाडौँका जुपिटर प्रधान, झापाका कुबिर देवान, ललितपुरका संगी श्रेष्ठ, बाँकेका धुव्रराज शर्मा, सिराहाका ओम प्रकाश यादव र ललितपुरकी विणा पौड्याल नियुक्त भएका छन्।

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको कुलपतिमा काठमाडौँका ब्रजेश खनाल र उपकुलपतिमा ताप्लेजुङकी झुमा वनेम नियुक्त भएका छन्। सदस्य-सचिवमा मोरङका भूपेन्द्र सिंह रायमाझी नियुक्त भएका छन्।

उक्त प्रतिष्ठानको परिषद् सदस्यमा झापाका छेन्दोक हाङ राई, भक्तपुरका जीत बहादुर देउजा, ललितपुरकी सुबिमा श्रेष्ठ, बर्दियाकी सरस्वती चौधरी, भोजपुरका राजन मुकारुङ, धादिङकी रेखा शाह गुरुङ नियुक्त भएका छन्।

0 Comments