२४ श्रावण २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विशेष महाधिवेशनले काँग्रेसलाई कमजोर बनाएको सिंहको दाबी, नियमित महाधिवेशनबाटै नेतृत्व चयनमा जोड

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले विशेष महाधिवेशनका कारण पार्टी कमजोर भएको दाबी गर्दै नियमित महाधिवेशनबाटै नेतृत्व चयन हुनुपर्ने बताएका छन्।

आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रममा सिंहले विशेष महाधिवेशन नगर्न आफूहरूले यसअघि नै आग्रह गरेको उल्लेख गरे। नियमित महाधिवेशनको समय आइसकेकाले लोकप्रिय र कार्यकर्ताको समर्थन प्राप्त नेताले त्यही प्रक्रियाबाट नेतृत्व लिनुपर्ने उनको भनाइ थियो।

‘हामीले विशेष महाधिवेशन नगरौँ, यसले पार्टी कमजोर हुन्छ भनेकै थियौँ,’ नेता सिंहले भने, ‘नियमित महाधिवेशनको समय आइसक्यो, नियमित महाधिवेशनमै जो नेता लोकप्रिय छ, कार्यकर्तालाई रिझाएको छ, उसैले जितेर नेतृत्व गर्छ । त्यसले पार्टी बलियो हुन्छ भनेका थियौँ ।’

सिंहले विशेष महाधिवेशनपछि काँग्रेस कमजोर भएको र पार्टी फुटको अवस्थामा पुगेको दाबीसमेत गरे। उनले विशेष महाधिवेशनलाई अवैधानिक रहेको टिप्पणी गर्दै त्यससम्बन्धी आफ्नो धारणा सर्वोच्च अदालतको पूर्ण इजलासको आदेशबाट पनि सम्बोधन भएको जिकिर गरे।

‘अहिले सर्वोच्च अदालतका प्रधानन्यायाधीश सम्मिलित बेञ्चले नै भन्यो-विशेष महाधिवेशनमा विधि प्रक्रिया पालन भएन । निर्वाचन आयोगले केही नहेरी, अर्को पक्षको कुरा नसुनी निर्णय गर्‍यो भनेर,’ उनले भने ।

काँग्रेसको आधिकारिकतासम्बन्धी विवाद निरूपणका क्रममा आफ्नो पक्षले न्याय पाउने विश्वास पनि सिंहले व्यक्त गरे।

0 Comments