२६ श्रावण २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

व्यक्तिगत आचरणसम्बन्धी विवादपछि भुटानका गृहमन्त्री छिरिङले दिए राजीनामा

अ+ अ-

काठमाडौँ । व्यक्तिगत आचरणसँग सम्बन्धित विवाद सार्वजनिक भएपछि भुटानका गृहमन्त्री ल्योन्पो छिरिङले मंगलबार पदबाट राजीनामा दिएका छन्।

सरकारी जिम्मेवारीमा रहेका व्यक्तिको व्यक्तिगत विषयले सरकार तथा मुलुकको सार्वजनिक छविमा असर पर्न सक्ने भन्दै उनले नैतिक जिम्मेवारीका आधारमा पद त्यागेको बताइएको छ।

एक महिलाले छिरिङविरुद्ध उजुरी दिँदै आफूलाई उनको वैवाहिक अवस्थाबारे गलत जानकारी दिइएको दाबी गरेकी थिइन्। साथै, उनीहरूबीचको व्यक्तिगत सम्बन्धका क्रममा सरकारी पदको प्रभाव, व्यावसायिक सुविधा तथा स्वार्थको द्वन्द्वसँग सम्बन्धित प्रश्नसमेत उठाइएको थियो।

उक्त उजुरीसँग सम्बन्धित निजी सन्देश र तस्बिरहरू सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि विषय थप चर्चामा आएको थियो।

भुटानको प्रधानमन्त्री कार्यालयले विज्ञप्ति जारी गर्दै छिरिङले व्यक्तिगत विवादलाई लिएर स्वेच्छाले राजीनामा दिएको जनाएको छ। सार्वजनिक पदमा रहँदा सुशासन, जनविश्वास र संस्थागत मर्यादाका उच्च मापदण्ड कायम राख्नुपर्ने मान्यताअनुसार आफू पदबाट अलग भएको छिरिङको भनाइ रहेको विज्ञप्तिमा उल्लेख छ।

गृहमन्त्रीको राजीनामासँगै भुटानमा सार्वजनिक जिम्मेवारीमा रहेका व्यक्तिको व्यक्तिगत आचरण, सामाजिक सञ्जालमार्फत सार्वजनिक हुने आरोप तथा त्यस्ता विवादले सरकार र राज्यको प्रतिष्ठामा पार्न सक्ने प्रभावबारे बहस सुरु भएको छ।

0 Comments