२७ श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

१८ केजी गाँजासहित दुई भारतीय नागरिक विमानस्थलबाट पक्राउ

अ+ अ-

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १८ किलोग्राम थाई गाँजासहित दुई जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। लागू औषध नियन्त्रण ब्युरो (कोटेश्वर) को टोलीले उनीहरूलाई पक्राउ गरी थाई गाँजा तस्करीको नयाँ प्रवृत्तिको खुलासा गरेको हो।

पक्राउ पर्नेहरूमा भारतको पञ्जाब ठेगाना भएका ३६ वर्षीय सञ्जीव कुमार र २६ वर्षीय रवि कुमार रहेका छन्।

प्रहरीका अनुसार मंगलवार राती क्याथे प्यासिफिकको उडानद्वारा थाइल्याण्डको बैंककबाट हङकङ हुँदै नेपाल आएका उनीहरूले लागू औषध गाँजा लुकाइएको लगेजहरू आगमनतर्फको भन्सार एरियामा छाडेर भाग्न खोजेका थिए। सोही क्रममा विमानस्थलस्थित लागू औषध नियन्त्रण ब्युरोको टोलीले निजहरूलाई पक्राउ गरेको हो।

अनुसन्धानका क्रममा थाइल्याण्डबाट गाँजा ल्याउने भारतीय नागरिकहरूले त्रिभुवन विमानस्थल आइपुगेपछि पक्राउबाट बच्न आगमनतर्फको भन्सार एरियामा लगेज छाडेर जाने र केही दिनपछि नेपाली एजेन्टमार्फत दाबी गरी लैजाने योजना बनाएको खुलेको छ।

प्रहरीले उनीहरूको साथबाट १८ किलोग्राम थाई गाँजा, २ थान पासपोर्ट, २ थान मोबाइल र ४ थान झोला बरामद गरेको छ। पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको लागू औषध नियन्त्रण ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दुर्गा राज रेग्मीले जानकारी दिए ।

0 Comments