काठमाडौँ । लुम्बिनी प्रदेशमा सरकार गठनको प्रक्रियालाई अघि बढाउन नेकपा एमाले र नेकपाले नेकपा मसालसँग सहकार्य गर्ने समझदारी गरेका छन्।
एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा मसालका महामन्त्री मोहनविक्रम सिंहबीच भएको सहमतिमा प्रदेश सरकार गठनसँगै लुम्बिनीका विकास निर्माणका काममा समेत आपसी समन्वय र सहकार्य गर्ने विषय समेटिएको छ।
त्यसैगरी राष्ट्रिय स्वाधीनता, संविधान र गणतन्त्रको संरक्षणका विषयमा सहकार्य गर्ने तथा प्रतिगमनविरुद्धका राजनीतिक गतिविधिमा समेत मिलेर अघि बढ्ने सहमति भएको छ।
लुम्बिनी प्रदेशसभामा नेकपा मसालको एक जना सांसद रहेका छन्। सरकार गठनका लागि भएको उक्त सहमतिलाई प्रदेशमा राजनीतिक समीकरण निर्माणका दृष्टिले महत्वपूर्ण मानिएको छ।







