२७ श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोप-३१ मा प्रधानमन्त्री शाहलाई सहभागी गराउने टर्कीको निमन्त्रणा

अ+ अ-

काठमाडौँ । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन कोप-३१ मा सहभागी हुन प्रधानमन्त्री वालेन्द्र शाहलाई टर्कीबाट औपचारिक निमन्त्रणा प्राप्त भएको छ।

राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बुधबारको बैठकमा परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकालले प्रधानमन्त्री शाहका नाममा निमन्त्रणा आएको जानकारी दिएका हुन्।

उनका अनुसार टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानको तर्फबाट आएको निमन्त्रणा परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइसकेको छ। तर सम्मेलनमा नेपालबाट प्रधानमन्त्री स्वयं सहभागी हुने वा अन्य कुनै तहबाट प्रतिनिधित्व हुने भन्नेबारे निर्णय भइनसकेको सहसचिव ढकालले बताए।

जलवायु परिवर्तनसँग सम्बन्धित उक्त अन्तर्राष्ट्रिय मञ्चमा नेपालको सहभागिताका क्रममा जलवायु न्याय, जलवायुजन्य हानि-नोक्सानीको क्षतिपूर्ति तथा पर्वतीय क्षेत्रका मुद्दालाई प्राथमिकताका साथ उठाउने तयारी सरकारले गरेको छ।

कोप-३१ आगामी नोभेम्बर ९ देखि २० तारिखसम्म टर्कीको अन्ताल्यामा आयोजना हुँदै छ।

0 Comments