२८ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘दक्षिण एसियाको भूराजनीति र शक्ति राष्ट्रको प्रतिस्पर्धा नेपालका लागि चुनौतीपूर्ण’: डा. भट्टराई

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका सचिव एवं परराष्ट्र मामिला विज्ञ डा. राजन भट्टराईले दक्षिण एसियामा भइरहेको राजनीतिक फेरबदल र शक्ति राष्ट्रहरूबीचको प्रतिस्पर्धाले नेपालका लागि नयाँ चुनौती थपेको बताएका छन् ।

नेपाल कानुन समाज र संविधान निगरानी समूहद्वारा आयोजित ‘नेपालको परराष्ट्रनीति: अवसर, चुनौती र भावी कार्यदिशा’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै डा. भट्टराईले यस्तो बताएका हुन् । डा. भट्टराईले दक्षिण एसियाका प्रमुख मुलुकहरूमा देखिएको शासन परिवर्तन (रिजिम चेन्ज) को लहर र त्यसले शक्ति राष्ट्रहरूबीच निम्त्याउन सक्ने सहकार्य वा द्वन्द्वको अवस्थाबारे सूक्ष्म विश्लेषण आवश्यक रहेकोमा जोड दिए ।

उनकाअनुसार नेपालमा सञ्चालित कनेक्टिभिटीका परियोजनाहरू, अमेरिकी सहयोग परियोजना (एमसीसी) र चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) जस्ता विषयहरू अहिले यही भूराजनीतिक खिचातानीसँग जोडिएका छन् । नेपालको भौगोलिक अवस्थितिको महत्त्व उल्लेख गर्दै डा. भट्टराईले शक्ति राष्ट्रहरूको उदयसँगै नेपाल उनीहरूको निगरानीको केन्द्र बनेको टिप्पणी गरे । उनीहरूले नेपालमा आफ्नो प्रभाव विस्तार र सुदृढीकरण गर्न खोजिरहेको भन्दै उनले यसलाई ’सफ्ट बेली’ माथिको निगरानीका रूपमा अर्थ्याए ।

डा. भट्टराईले भने, ‘खास गरी नेपाल र दक्षिण एसियाका प्रमुख मुलुकहरू पछिल्लो समय जुन किसिमको सत्ता परिवर्तन र राजनीतिक संक्रमणको प्रक्रियाबाट गुज्रिरहेका छन्, त्यसले उनीहरूबीचको सम्बन्धलाई प्रतिस्पर्धाबाट सहकार्यतर्फ लैजाने सम्भावना छ कि प्रतिस्पर्धा अझ बढेर टकरावतर्फ जाने हो भन्ने प्रश्न महत्त्वपूर्ण छ । यसले नेपालमा प्रत्यक्ष प्रभाव पार्छ । यदि सहकार्यतर्फ उन्मुख भए त्यसको सकारात्मक प्रभाव पर्न सक्छ । तर प्रतिस्पर्धा टकरावतर्फ गयो भने त्यसको असर नेपालमा पनि पर्नेछ। त्यसैले यो पक्ष हाम्रा लागि अत्यन्त महत्त्वपूर्ण छ ।

कनेक्टिभिटी, एमसीसी, बीआरआईलगायतका विषय पनि यही भू–राजनीतिक परिवेशसँग जोडिएका छन् । दुई ठुला शक्तिबीच रहेको नेपालको भूराजनीतिक महत्त्व उनीहरूको उदयसँगै झन् बढेको छ । तेस्रो शक्तिसँगको प्रतिस्पर्धाका दृष्टिले नेपाल उनीहरूका लागि रणनीतिक रूपमा महत्त्वपूर्ण स्थान बनेको छ । त्यसैले उनीहरूले आफ्नो प्रभाव विस्तार र उपस्थिति सुदृढ गरिरहेका छन् । तर यस्ता विषयमा गहिरो अध्ययन र विश्लेषण गर्ने हाम्रा संस्थागत संरचना अझै पर्याप्त छैनन् ।

परिणामतः हामी चुनौतीपूर्ण अवस्थामा छौँ । यो वास्तविकतालाई समयमै सम्बोधन गर्न सक्यौँ भने मुलुकलाई सही दिशामा अघि बढाउन सक्छौँ । अन्यथा, हामी आपसमा मिल्न नसक्ने र अन्ततः अरूले मिलाइदिनुपर्ने अवस्थातर्फ जाने जोखिम छ ।’

परराष्ट्र मामिलाका सम्बन्धमा नेपालको आन्तरिक तयारी कमजोर रहेको प्रति उनले चिन्ता व्यक्त गरे । यदि यो यथार्थलाई समयमै बुझेर सम्बोधन गर्न नसकिए मुलुक गम्भीर संकटमा फस्ने उनको चेतावनी छ ।

0 Comments