२८ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेसको ‘बीउ’ अभियान : युवाको सीपलाई उद्यम र आत्मनिर्भरतासँग जोड्ने लक्ष्य

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसले युवामा रहेको क्षमता पहिचान गरी त्यसलाई रोजगारी, उद्यमशीलता र आत्मनिर्भरतासँग जोड्ने उद्देश्यले ‘बीउ’ अभियान अघि सारेको छ।

अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा पार्टी सभापति गगन थापाले केन्द्रीय समिति बैठकमार्फत अभियान सार्वजनिक गरेका हुन्। ‘बिल्ड, इनक्युवेट एन्ड अपलिफ्ट’को अवधारणाबाट ‘बीआईयू’लाई नेपालीमा ‘बीउ’ नाम दिइएको काँग्रेसले जनाएको छ।

अभियानमार्फत युवाको सीपलाई अवसर, अवसरलाई उद्यम र उद्यमलाई दीर्घकालीन आत्मनिर्भरतामा रूपान्तरण गर्ने लक्ष्य राखिएको छ। युवाभित्र रहेका उद्यमशीलता, प्रविधि, सिर्जनशीलता र नेतृत्व क्षमतालाई पहिचान गरी त्यसअनुसार अवसर उपलब्ध गराउने काँग्रेसको योजना छ।

काँग्रेसले अभियानलाई चरणबद्ध रूपमा विस्तार गर्ने जनाएको छ। प्रारम्भिक चरणमा ललितपुरबाट कार्यक्रम अघि बढाइनेछ भने त्यसपछि हिमाल, पहाड र तराई-मधेसका एक-एक जिल्लामा विस्तार गरिनेछ। त्यसपश्चात् देशव्यापी रूपमा दिगो उद्यम विकासमा केन्द्रित गर्ने योजना पार्टीले अघि सारेको छ।

युवाले आफ्नो क्षमता र रुचिअनुसार भविष्य निर्माणका लागि अवसर पाउन सकून् भन्ने उद्देश्य अभियानको रहेको काँग्रेसको भनाइ छ। युवाका आकांक्षा र सम्भावना पहिचान गरी आवश्यक अवसरसँग जोड्ने तथा उनीहरूलाई आत्मनिर्भर बन्न सहयोग गर्ने पार्टीको योजना छ।

काँग्रेसले युवालाई तत्कालीन अवसरमा मात्र सीमित नराखी दीर्घकालीन रूपमा सक्षम उद्यमीका रूपमा विकास गर्ने अभियानको मूल उद्देश्य रहेको जनाएको छ।

0 Comments