२९ श्रावण २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संसदीय समितिमा मर्यादित भाषा र विषय केन्द्रित बहस गर्न सभापति बास्कोटाको निर्देशन

अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभाको कानुन, न्याय तथा मानव अधिकार समितिमा छलफलका क्रममा शब्द चयन र अभिव्यक्तिमा संवेदनशीलता अपनाउन समिति सभापति समीक्षा बास्कोटाले सदस्य तथा आमन्त्रित व्यक्तिहरूलाई आग्रह गरेकी छन्।

समितिको बैठकमा सभापति बास्कोटाले समितिमा हुने छलफल सार्वजनिक चासोको विषय बन्ने भएकाले सहभागी सबैले संस्थागत गरिमा कायम राख्नुपर्ने बताइन्। उनका अनुसार समितिमा विभिन्न सरकारी निकाय, मन्त्रालय तथा संस्थाको नेतृत्व गरिरहेका व्यक्तिहरू सहभागी हुने भएकाले बैठकमा प्रस्तुत हुने धारणा र व्यवहारले संसद्को कार्यशैलीलाई समेत प्रतिबिम्बित गर्छ।

उनले छलफललाई निर्धारित विषयमै केन्द्रित राख्दै व्यक्तिगत वा असान्दर्भिक टिप्पणीबाट टाढा रहनुपर्नेमा जोड दिइन्। समितिमा आफ्नो धारणा राख्दा प्रयोग गरिने शब्द र शैलीप्रति सांसद तथा आमन्त्रित व्यक्तिहरू दुवै पक्ष सचेत हुनुपर्ने उनको भनाइ थियो।

पछिल्लो समय संसदीय समितिका बैठकमा आमन्त्रित पदाधिकारी तथा अधिकारीप्रति सांसदहरूबाट कडा र आलोचनात्मक अभिव्यक्ति आउने क्रम बढेको पृष्ठभूमिमा सभापति बास्कोटाले यस्तो आग्रह गरेकी हुन्। संसदीय समितिको छलफललाई प्रभावकारी बनाउन प्रश्न, टिप्पणी र सुझाव तथ्य तथा सम्बन्धित विषयमा केन्द्रित हुनुपर्नेमा उनको जोड छ।

समितिको बैठकमा विभिन्न कारागार तथा हिरासतमा रहेका थुनुवा र कैदी बन्दीको मानव अधिकारको अवस्थाबारे निरीक्षण तथा अवलोकन उपसमितिले तयार पारेको प्रतिवेदन २०८३ माथि छलफल गर्ने कार्यसूची रहेको छ। सो क्रममा प्रतिवेदनमाथि सदस्यहरूबाट सुझावसमेत संकलन गरिनेछ।

त्यस्तै, बाल सुधार गृहमा रहेका बालबालिकाको मानव अधिकार अवस्थासम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिले समितिमा पेस गरेको प्रतिवेदन २०८३ लाई पारित गर्ने विषय पनि बैठकको कार्यसूचीमा समावेश छ।

मानव अधिकारसँग प्रत्यक्ष जोडिएका विषयमा समितिले गर्ने छलफललाई तथ्यपरक, जिम्मेवार र मर्यादित बनाउन सभापति बास्कोटाले सदस्य तथा आमन्त्रित प्रतिनिधिहरूको ध्यानाकर्षण गराएकी हुन्।

0 Comments