१ भाद्र २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मलेसिया हिँडेका दुई कर्मचारी एयरपोर्टबाट पक्राउ

अ+ अ-

काठमाडौँ । मलेसियाको क्वालालम्पुर जान लागेका नेपाल वायुसेवा निगमका दुई कर्मचारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा परेका छन्। व्यक्तिगत भ्रमणका लागि मलेसिया प्रस्थान गर्ने क्रममा उनीहरूको साथबाट तोकिएको सीमाभन्दा बढी अमेरिकी डलर फेला परेपछि विमानस्थल प्रहरीले नियन्त्रणमा लिएको हो।

नियन्त्रणमा पर्नेमा काठमाडौँ महानगरपालिका-२४, गोंगबुकी ५४ वर्षीया जननी बज्राचार्य र गोरखा नगरपालिका–३ की ३५ वर्षीया ममता पाण्डे रहेका छन्। दुवै जना नेपाल वायुसेवा निगममा कार्यरत कर्मचारी रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक राजकुमार सिलवालले जानकारी दिएका छन्।

प्रहरीका अनुसार बज्राचार्यको साथबाट ४ हजार ३ सय अमेरिकी डलर र पाण्डेको साथबाट ४ हजार २ सय अमेरिकी डलर बरामद भएको छ। उनीहरू आइतबार राति नेपाल एयरलाइन्सको उडानमार्फत क्वालालम्पुर जाने तयारीमा थिए।

विमानस्थलमा गरिएको जाँचका क्रममा उनीहरूले विदेश लैजान पाउने अनुमतिसम्बन्धी सीमाभन्दा बढी विदेशी मुद्रा बोकेको भेटिएपछि प्रस्थान गर्नुअघि नै नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

घटनाको थप अनुसन्धान तथा विदेशी मुद्रा बोकेको विषयको कानुनी पक्ष परीक्षणका लागि दुवैलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पठाइएको प्रहरी प्रवक्ता सिलवालले बताएका छन्।

0 Comments