२ भाद्र २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सेवाग्राहीको घुइँचो व्यवस्थापन गर्न ‘स्मार्ट टोकन’ प्रणाली

अ+ अ-

तनहुँ । जिल्ला प्रशासन कार्यालय तनहुँले सेवाग्राहीको घुइँचो व्यवस्थापन तथा सेवा प्रवाहलाई थप सहज र व्यवस्थित बनाउन स्क्रिनसहितको नयाँ टोकन प्रणाली सञ्चालनमा ल्याएको छ ।

कार्यालयले सोमबारदेखि नयाँ प्रणालीमार्फत राष्ट्रिय परिचयपत्र, राहदानी, नागरिकता तथा नागरिकताको प्रतिलिपिलगायतका सेवा प्रवाह सुरु गरेको हो । नयाँ टोकन प्रणाली लागू भएसँगै सेवा लिन आउने सेवाग्राहीले घण्टौँसम्म कार्यालयको लाइनमा बसेर आफ्नो पालो कुर्नुपर्ने बाध्यता हट्ने अपेक्षा गरिएको छ । सेवाग्राहीले टोकन लिएपछि आफ्नो पालो नआएसम्म कार्यालय परिसरमै लामो समय बसिरहनु नपर्ने गरी प्रणाली विकास गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले नयाँ प्रणालीको मुख्य उद्देश्य सेवाग्राहीलाई सहज रूपमा सेवा उपलब्ध गराउनुका साथै कार्यालयमा हुने भिडभाड व्यवस्थापन गरेको बताए । “सेवा लिन आउने सेवाग्राहीले टोकन लिएपछि आफ्नो पालो नआएसम्म घण्टौँ कार्यालयमै बसेर कुर्नुपर्ने अवस्था नहोस् भनेर नयाँ प्रणाली सञ्चालनमा ल्याएका हौँ,” उनले भने, “टोकन लिएपछि ‘क्युआर कोड स्क्यान’ गरेर मोबाइलबाटै आफ्नो पालोको अवस्था हेर्न सकिने व्यवस्था गरिएको छ ।”

नयाँ टोकनमा क्युआर कोड राखिएको छ । सेवाग्राहीले टोकनमा रहेको क्युआर कोड आफ्नो मोबाइलबाट स्क्यान गरेपछि आफ्नो टोकन नम्बरको अवस्था हेर्न सक्नेछन् । मोबाइलबाटै आफ्नो टोकन नम्बरभन्दा अगाडि कति जनाको पालो गइसकेको छ, अहिले कुन नम्बरमा सेवा दिइँदै छ र आफ्नो पालो नजिक आइपुगेको छ कि छैन भन्ने जानकारी लिन सकिने व्यवस्था गरिएको छ ।

यसले सेवाग्राहीलाई आफ्नो पालोको अवस्थाबारे जानकारी लिन पटक–पटक सेवा कक्षमा पुग्नुपर्ने अवस्थासमेत हटाउने कार्यालयको अपेक्षा छ । प्रजिअ तिवारीका अनुसार सेवाग्राहीले टोकन लिएपछि आफ्नो पालोअनुसार समय व्यवस्थापन गर्न सक्नेछन् । नजिकै घर भएका सेवाग्राही आवश्यक परे घरमै गएर बस्न सक्नेछन् भने बजार वा अन्य क्षेत्रमा रहेका सेवाग्राहीले समेत मोबाइलबाट आफ्नो पालो हेर्दै अन्य काम गर्न सक्नेछन्।

“कसैको घर नजिकै छ भने टोकन लिएर घरमै बसेर आफ्नो पालो हेर्न सक्नुहुन्छ । बजारतिर जानुपर्ने भए पनि आफ्नो मोबाइलबाट टोकनको अवस्था हेर्न सकिने भएकाले खाजा खान वा अन्य काम गर्न जान सकिन्छ,” तिवारीले भने ।

जिल्ला प्रशासन कार्यालयले हाल राष्ट्रिय परिचयपत्र, राहदानी, नागरिकता र नागरिकताको प्रतिलिपि सेवामा टोकन प्रणाली लागू गरेको छ । यी सेवाका लागि दैनिक ठूलो सङ्ख्यामा सेवाग्राही कार्यालयमा आउने भएकाले सेवा लिन आउने नागरिकको भीड व्यवस्थापन गर्न टोकन प्रणाली प्रभावकारी हुने कार्यालयको विश्वास छ ।

यसअघि आफ्नो पालो कुर्न सेवाग्राही सेवा कक्ष तथा कार्यालय परिसरमा लामो समयसम्म बस्नुपर्ने अवस्था थियो । नयाँ व्यवस्थाले टोकन लिएर आफ्नो पालोको अवस्था मोबाइलबाट हेर्न सकिने भएकाले सेवाग्राहीको समय बचत हुनुका साथै कार्यालयमा हुने भिडभाड पनि घट्ने कार्यालयको भनाइ छ ।

जिल्ला प्रशासन कार्यालयले सेवा प्रवाहलाई थप सहज, पारदर्शी र प्रविधिमैत्री बनाउने क्रममा टोकन प्रणाली सञ्चालनमा ल्याएको जनाएको छ । 

0 Comments