३ भाद्र २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अग्रगामी मोर्चाको प्रवक्ताको जिम्मेवारी डा. सीके राउतलाई

अ+ अ-

काठमाडौँ । विभिन्न राजनीतिक दलहरूको सहभागितामा बनेको अग्रगामी मोर्चाले जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतलाई प्रवक्ताको जिम्मेवारी दिएको छ।

मोर्चाको मंगलवार सम्पन्न बैठकले राउतलाई संगठनको प्रवक्ताका रूपमा तोकेको हो। जिम्मेवारी पाएपछि उनले मोर्चाका तर्फबाट सार्वजनिक विज्ञप्तिसमेत जारी गरेका छन्।

बैठकले आगामी प्रदेश निर्वाचन सम्पन्न नभएसम्म मोर्चामा आबद्ध कुनै पनि दल सरकारमा सहभागी नहुने नीतिगत निर्णयसमेत गरेको छ। सरकारमा सहभागिताभन्दा राजनीतिक सहकार्य र साझा एजेन्डालाई प्राथमिकता दिने मोर्चाको निर्णयले आगामी निर्वाचनसम्म उसको राजनीतिक भूमिकालाई प्रतिपक्षीय वा स्वतन्त्र राजनीतिक समन्वयतर्फ केन्द्रित गर्ने संकेत गरेको छ।

मोर्चामा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, सीके राउत नेतृत्वको जनमत पार्टी र प्रभु साह नेतृत्वको आम जनता पार्टीसहित नागरिक उन्मुक्ति पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नेपाल संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी तथा खम्बुवान राष्ट्रिय मोर्चा सहभागी छन्।

मोर्चाले मुलुकको सार्वभौमसत्ता, राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डता र राष्ट्रिय एकताको संरक्षणलाई आफ्नो राजनीतिक आधारका रूपमा अघि सारेको छ। लोकतान्त्रिक, प्रगतिशील, समाजवादी तथा समावेशी धारका राजनीतिक शक्तिबीच सहकार्य र एकताको वातावरण निर्माण गर्ने उद्देश्यले मोर्चा गठन गरिएको बताइएको छ।

प्रवक्ताको जिम्मेवारी पाएसँगै राउतले मोर्चाका निर्णय तथा साझा राजनीतिक धारणा सार्वजनिक गर्ने भूमिकासमेत निर्वाह गर्ने भएका छन्।

0 Comments