७ भाद्र २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘राजनीतिक प्रणाली जोगिए मात्रै व्यवसाय सुरक्षित हुन्छ’: विमलेन्द्र निधी

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता विमलेन्द्र निधीले देशको वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली र संविधानको रक्षाका लागि व्यवसायीहरूको सक्रियता आवश्यक रहेको बताएका छन् ।

जनकपुरधाम सुनचाँदी व्यवसायी संघको नवनिर्वाचित पदाधिकारीहरूको पद हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । नेता निधीले नेपाली जनताको लामो संघर्ष र दुई पटकको संविधानसभा निर्वाचनबाट प्राप्त संघीय संरचना र संविधानमाथि अहिले विभिन्न पक्षबाट प्रहार भइरहेको भन्दै चिन्ता व्यक्त गरे ।

राजनीतिक प्रणालीमाथि संकट आउँदा त्यसको प्रत्यक्ष असर व्यवसायमा पर्ने उल्लेख गर्दै नेता निधीले व्यवसायीहरूलाई राजनीतिक चासो राख्न र प्रणाली जोगाउन एकजुट हुन अपिल गरे । सुनचाँदी व्यवसायका क्षेत्रमा विद्यमान समस्याहरूबारे चर्चा गर्दै नेता निधीले सरकारको ध्यानाकर्षणसमेत गराए। उनले सुनचाँदी व्यवसायीहरूलाई ‘कालोबजारी’को रूपमा हेर्ने सरकारी दृष्टिकोण गलत रहेको टिप्पणी गर्दै यसलाई तत्काल बदल्नुपर्नेमा जोड दिए । 

नेता निधीले भने, ‘देशमा सात प्रदेश, ७५३ स्थानीय तह र ६,७४३ वडासहितको जुन ऐतिहासिक संरचना बनेको छ, यसको सफल कार्यान्वयन आजको आवश्यकता हो । तर राजनीतिक दलहरूबीचको आन्तरिक द्वन्द्व र अन्य कारणले संघीयता, लोकतन्त्र र समावेशितामाथि खतरा उत्पन्न भएको छ । राजनीति नेताहरूको मात्र विषय हो भनेर नठान्नुस् । यो तपाईँहरूको पनि प्रत्यक्ष सरोकारको विषय हो । प्रणाली नै रहेन भने कुनै पनि व्यवसाय सुरक्षित रहन सक्दैन ।’

सुनचाँदी व्यवसायीका लागि सहज, सुरक्षित र मर्यादित कानुन निर्माण गरी भयमुक्त वातावरणमा व्यापार गर्ने व्यवस्था मिलाउनुपर्ने, व्यवसायीहरूले ग्राहकबाट फिर्ता लिएको वा खरिद गरेको सुन बैंकहरूले किनिदिने उचित व्यवस्था गर्नुपर्ने, सुनचाँदी व्यवसायीलाई हेर्ने नकारात्मक दृष्टिकोण अन्त्य गरी उनीहरूको सामाजिक मर्यादाको रक्षा गर्नुपर्ने माग गरे । बैंकिङ प्रणालीमा देखिने तरलता अभावले व्यवसायमा पारेको असरप्रति संकेत गर्दै उनले बैंकिङ प्रणालीलाई थप व्यावहारिक र व्यवसायीमैत्री बनाउनुपर्ने आवश्यकता रहेको बताए । 

0 Comments