८ भाद्र २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आरोपीको बयानको भिडियो लिक गरेको आरोपमा प्रहरी हवल्दार नियन्त्रणमा

अ+ अ-

काठमाडौँ । तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि मृत्यु भएको घटनाका आरोपीको बयान समेटिएको भिडियो बाहिरिएको विषयमा एक प्रहरी हवल्दारलाई नियन्त्रणमा लिइएको छ।

भिडियो खिचेर बाहिर पठाएको आरोपमा प्रहरी हवल्दार कुमार विकलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र कुँवरले जानकारी दिए। उनका अनुसार विकविरुद्ध फौजदारी कसुरमा मुद्दा चलाउने तयारी भइरहेको छ।

एसपी कुँवरका अनुसार उक्त भिडियो प्रहरी कार्यालयमा खिचिएको होइन। आरोपीलाई नियन्त्रणमा लिएपछि स्वास्थ्य परीक्षणका लागि अस्पताल पठाइएको र अस्पतालको ओसीएमसीमा चिकित्सकले अन्तर्वार्ता लिइरहेका बेला प्रहरी कर्मचारीले भिडियो खिचेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ।

घटनामा अन्य व्यक्तिको समेत संलग्नता देखिए प्रचलित कानुनबमोजिम कारबाही गरिने उनले बताए। उपलब्ध तथ्य र प्रमाणका आधारमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

भिडियो प्राप्त गर्ने तथा सामाजिक सञ्जालमा प्रसारण गर्ने व्यक्तिमाथि पनि विद्युतीय अपराध, पीडितको गोपनीयता र बालबालिकासम्बन्धी प्रचलित कानुनअनुसार अनुसन्धान तथा कारबाही प्रक्रिया अगाडि बढाइएको एसपी कुँवरले जानकारी दिए।

उक्त भिडियो सामाजिक सञ्जालमा फैलिएको छ। संवेदनशील अनुसन्धानसँग जोडिएको भिडियो बाहिरिएपछि प्रहरीको सूचना सुरक्षा र पीडितको गोपनीयता संरक्षणमाथि प्रश्न उठेको छ।

0 Comments