९ भाद्र २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

क्वाँटी पूर्णिमाको तयारी: हनुमानढोका ल्याइयो चाँगुनारायणको कलश (तस्बिरहरू)

अ+ अ-

काठमाडौँ । जनै पूर्णिमा (क्वाँटी पूर्णिमा) को अवसरमा परम्परागत ऋतिअनुसार चाँगुनारायणको कलशलाई काठमाडौँको हनुमानढोका दरबार परिसरमा ल्याइएको छ । 

भक्तपुरको चाङ्गुबाट पदयात्रा गर्दै ल्याइएका तीनवटा कलशलाई चाङ्गुनारायण, सरस्वती र लक्ष्मीको प्रतिकका रूपमा लिइन्छ ।

धार्मिक मान्यताअनुसार क्वाँटी भिजाउने प्रयोजनका लागि चाङ्गुनारायण मन्दिर परिसरबाट यो जल ल्याउने प्रचलन छ । 

विशेष गरी नेवार समुदायमा जनै पूर्णिमाको चार दिनअगाडि कलशमा ल्याइएको सोही जल प्रयोग गरी क्वाँटी भिजाएर पर्वको औपचारिक सुरुवात गरिन्छ । 

नौ प्रकारका गेडागुडी मिसाएर तयार पारिने पौष्टिक आहार ‘क्वाँटी’ को सेवनले वर्षायाममा खेतीपातीका क्रममा शरीरमा पसेको चिसो फाल्ने र विभिन्न रोगहरूबाट मुक्त भइने जनविश्वास रहेको छ । 

यसै ऐतिहासिक अवसरमा जीवित देवी कुमारीको यस वर्षको पहिलो बाह्य यात्रा पनि सम्पन्न भएको छ । कुमारी घरबाट बाहिर निस्किएर चाँगुनारायणको दर्शन गर्नुलाई जीवित देवीको वर्षभरि हुने १३ वटा प्रमुख मात्राहरूमध्येको पहिलो यात्रा मानिन्छ । 

परम्पराअनुसार कुमारीको दोस्रो यात्रा आगामी आइतबार हुनेछ, जसमा उहाँले दिपङ्कर बुद्धको दर्शनका लागि ‘वैद्यद्य: स्व: वनेगु’ विधि पूरा गर्नुहुनेछ । चाङ्गुदेखि हनुमानढोकासम्मको यो कलश यात्रा र कुमारीको दर्शनले काठमाडौँ उपत्यकाको जीवन्त सांस्कृतिक र धार्मिक परम्परालाई पुनः उजागर गरेको छ ।

0 Comments