९ भाद्र २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दैजी-जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्ने मुख्यमन्त्री भट्टको प्रतिबद्धता

अ+ अ-

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले कञ्चनपुरको दैजी र डडेल्धुराको जोगबुढा जोड्ने सडकलाई भीमदत्त राजमार्गको वैकल्पिक सडकका रूपमा विकास गरिने बताएका छन् ।

कञ्चनपुर उद्योग वाणिज्य संघको टोलीसँगको छलफलमा आज मुख्यमन्त्री भट्टले दैजी-जोगबुढा सडकलाई वैकल्पिक राजमार्गका रूपमा अघि बढाउने बताएका हुन् । 

साथै उनले नीति तथा योजना आयोग गठन भएसँगै प्रदेशको बजेट निर्माण प्रक्रियाले गति लिने बताए । संघले विभिन्न सडक सञ्जाललाई प्राथमिकतामा राखेर विकास गर्नुपर्ने मागमा आफू सकारात्मक रहेको भन्दै उनले आगामी बजेटमा सोहीअनुसार बजेट विनियोजनका लागि सहजीकरण गर्ने प्रतिबद्धता जनाए ।  

मुख्यमन्त्री भट्टले भने, “सडक सञ्जालको विकास प्रदेशको प्राथमिकताको विषय हो । त्यसैले आवश्यकताका आधारमा प्रदेशका महत्त्वपूर्ण सडक तथा पूर्वाधार आयोजनालाई प्राथमिकतामा राखेर अघि बढाउँछौँ ।” 

प्रदेश सभामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का संसदीय दलका नेता राजेन्द्रसिंह रावलले सुदूरपश्चिममा पर्यटनलगायत विभिन्न क्षेत्रमा ठूलो सम्भावना रहेकाले विभिन्न पर्यटकीय क्षेत्रलाई जोड्ने गरी सडक पूर्वाधार निर्माण गर्नुपर्नेमा जोड दिए । 

उक्त छलफलमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री प्रकाश रावल, आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्ल र भौतिक पूर्वाधार विकास मन्त्री ओमविक्रम भाटको समेत सहभागिता रहेको थियो ।

0 Comments