काठमाडौँ । रसुवाको भोटेकोशी नदीदेखि आएको बाढीका कारण रसुवा जिल्लाको उत्तरगया गाउँपालिकामा क्षेत्रमा रहेका अधिकांश जलविद्युत् आयोजना र त्रिशूली नदी आसपासमा रहेका घरहरू प्रभावित भएका छन् ।
गाउँपालिकाका अध्यक्ष माधव अर्यालका अनुसार नदी तटीय क्षेत्रका आयोजनाका संरचना, गाउँपालिकाको कार्यालय र नजिकका घरहरू प्रभावित भएका छन् । सो क्षेत्रमा पूर्व सूचना प्राप्त भए पनि सूचनाको १५ मिनेटमै बाढीले प्रहर गर्न थालेको र केन्द्र सरकारको सम्बन्धित निकायलाई उद्धारका लागि आग्रह गरिएको उनले बताए ।
अध्यक्ष अर्यालले मानवीय क्षतिको विवरण आई नसकेको र पूर्व सूचना तथा उद्धारमा गएका कर्मचारीसमेत सम्पर्कविहीन भएका छन् ।






