११ भाद्र २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विपद् स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालयले तोक्यो फोकल पर्सन

अ+ अ-

काठमाडौँ। विपद्का बेला स्वास्थ्यसम्बन्धी आपतकालीन सेवा, जनशक्ति परिचालन र उपचार व्यवस्थापनलाई प्रभावकारी बनाउन स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न तह र विषयगत क्षेत्रका लागि फोकल पर्सन तोकेको छ।

स्वास्थ्य आपतकालीन अवस्थाको समग्र समन्वयको जिम्मेवारी स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्र (एचईओसी) प्रमुख डा. हेमन्त चन्द्र ओझालाई दिइएको छ। 

आपतकालीन मेडिकल टोली तथा आवश्यक मानव स्रोत परिचालनका लागि एचईओसीसँगको समन्वयमा डा. रोशन न्यौपानेलाई जिम्मेवारी तोकिएको मन्त्रालयले जनाएको छ।

प्रदेशस्तरीय समन्वयका लागि स्वास्थ्य सेवा विभागबाट डा. फणीन्द्र प्रसाद बराल तथा मन्त्रालयको तर्फबाट डा. समीर कुमार अधिकारीलाई सम्पर्क व्यक्ति तोकिएको छ।

घटनास्थलमा संघीय स्वास्थ्य टोली परिचालन गर्ने जिम्मेवारी रसुवाका लागि डा. प्रकाश ज्ञवाली र शंकर कँडेल तथा नुवाकोटका लागि डा. प्रशान्त नापित र प्रवीण कार्कीलाई दिइएको छ।

यसैगरी, विपद्का कारण सम्भावित महामारीको जोखिम घटाउन पूर्वतयारी, रोग निगरानी तथा आवश्यक प्रतिकार्यका लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का डा. अमृत पोखरेललाई फोकल पर्सन तोकिएको छ।

विपद् स्वास्थ्य सहयोगका लागि अनलाइन प्रणाली
मन्त्रालयले विपद्का समयमा सर्वसाधारण, स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाबीच आवश्यक सहायता तथा समन्वयलाई सहज बनाउन ‘विपद् स्वास्थ्य सहयोग समन्वय’ प्रणाली सञ्चालनमा ल्याएको छ।

प्रणालीमार्फत उपचार, औषधि तथा अन्य स्वास्थ्य सेवासम्बन्धी सहयोग आवश्यक परेका व्यक्तिले अनुरोध गर्न सक्नेछन्। स्वास्थ्यकर्मीले स्वयंसेवाका लागि आफ्नो विवरण उपलब्ध गराउन तथा स्वास्थ्य संस्थाले मेडिकल टोली, औषधि वा स्वास्थ्य उपकरण सहयोग गर्न सक्ने विवरण दर्ता गर्न सक्ने व्यवस्था गरिएको छ।

यसका लागि मन्त्रालयले लींक मार्फत सेवा उपलब्ध गराएको जनाएको छ। विपद् प्रभावित क्षेत्रमा औषधि तथा स्वास्थ्य सामग्री सहयोग गर्न इच्छुक व्यक्ति तथा संस्थालाई आवश्यक सामग्री उपलब्ध गराउन मन्त्रालयले आग्रह गरेको छ। मन्त्रालयले तत्काल आवश्यक पर्ने औषधिहरूको सूचीसमेत सार्वजनिक गर्ने जनाएको छ।

0 Comments