१२ भाद्र २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाढी प्रभावितका लागि एनआरएनएले ५ करोडको राहत प्याकेज उपलब्ध गराउने

अ+ अ-

काठमाडौँ। त्रिशूली नदीमा आएको बाढी पहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि गैर आवासीय नेपाली संघ (एनआरएनए) ले ५ करोड रुपैयाँ बराबरको सहायता परिचालन गर्ने भएको छ। संघले प्रारम्भिक चरणमै प्रभावित क्षेत्रमा अत्यावश्यक राहत सामग्री पुर्‍याउन थालेको जनाएको छ।

संघका संस्थापक अध्यक्ष डा.उपेन्द्र महतो र केन्द्रीय उपाध्यक्ष रोजिना प्रधान राईसहितको टोलीले नुवाकोटको बट्टार, त्रिशूली बजारलगायत बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरी खाद्यान्न, लत्ताकपडा, औषधि तथा टेन्ट वितरण गरेको छ।

स्थलगत अवस्थाको निरीक्षणपछि डा। महतोले बाहिर सार्वजनिक भएका विवरणभन्दा घटनास्थलमा क्षतिको अवस्था निकै गम्भीर रहेको बताए। उद्धार र राहतलाई तत्कालको प्राथमिकता मानेर पहिलो चरणमा आवश्यक सामग्रीसहित प्रभावित क्षेत्रमा पुगेको उनको भनाइ छ।

महतोका अनुसार प्रारम्भिक राहतका लागि ५ करोड रुपैयाँ बराबरको सहायता परिचालन गरिनेछ। राहतको पहिलो चरणपछि नेपाल सरकारसँग समन्वय गरी प्रभावित क्षेत्रको पुनर्निर्माणमा गैर आवासीय नेपाली समुदायको सहभागिताबारे आवश्यक छलफल अघि बढाइने उनले बताए।

एनआरएनएकी केन्द्रीय उपाध्यक्ष राईले विपद्को अवस्थामा विदेशमा रहेका नेपालीहरू प्रभावित नागरिकको सहयोगमा जोडिन इच्छुक रहेको बताइन्। उनका अनुसार आपत्कालीन बैठकबाट ५ करोड रुपैयाँको राहत प्याकेज घोषणा गरिएलगत्तै संयुक्त राष्ट्रसंघीय मापदण्डअनुसारका टेन्ट, खाद्यान्न र औषधिलगायत सामग्री प्रभावित क्षेत्रमा पुर्‍याइएको हो।

राहत वितरणलाई व्यवस्थित बनाउन संघले स्थानीय प्रशासन, प्रमुख जिल्ला अधिकारीको कार्यालय तथा स्थानीय तहसँग समन्वय गर्ने जनाएको छ। यसअघि भूकम्प र कोभिड-१९ महामारीका समयमा पनि संघले सहयोग गरेको उल्लेख गर्दै राईले अब प्रभावित क्षेत्रको पुन:स्थापना र पुनर्निर्माणमा समेत सरकारसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

बाढी प्रभावित क्षेत्रमा नेपाली सेनासहितका सुरक्षा निकायबाट बेपत्ता व्यक्तिको खोजी तथा घाइतेको उद्धार कार्य जारी छ। एनआरएनएको टोलीले नुवाकोटमा राहत वितरण गरेपछि अन्य प्रभावित जिल्लामा समेत पुगेर आवश्यक सामग्री उपलब्ध गराउने योजना बनाएको छ।

0 Comments