काठमाडौँ । भोटेकोशी-त्रिशूली बाढीबाट प्रभावित नागरिकको राहत, पुन:स्थापना तथा क्षतिग्रस्त भौतिक पूर्वाधार पुनर्निर्माणमा सहयोग पुर्याउने उद्देश्यले बीएटी-४० का शाखा अधिकृतहरूले तीन लाख २४ हजार रुपैयाँभन्दा बढी आर्थिक सहयोग गरेका छन्।
बीएटी-४० का अधिकृतहरूले आपसमा संकलन गरेको तीन लाख २४ हजार ४४४ रुपैयाँ ४४ पैसा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका हुन्।
बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुन:स्थापना र क्षतिग्रस्त भौतिक पूर्वाधारको पुनर्निर्माणमा राज्यलाई सहयोग पुर्याउने उद्देश्यले रकम संकलन गरी कोषमा जम्मा गरिएको उनीहरूले जनाएका छन्।
भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएको छ। खोज तथा उद्धार कार्य जारी रहेकाले मृतक तथा सम्पर्कविहीनको विवरण अद्यावधिक हुने क्रम जारी छ। बाढीले सडक, पुल, जलविद्युत् आयोजना, आवासीय तथा सार्वजनिक संरचनामा समेत ठूलो क्षति पुर्याएको छ।
विपद्को कठिन अवस्थामा प्रभावित नागरिकको राहत र पुन:स्थापनामा राज्यको प्रयासलाई सहयोग गर्ने उद्देश्यले बीएटी–४० का अधिकृतहरूले व्यक्तिगत रूपमा रकम संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका हुन्।






