१४ भाद्र २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘अनुमति पाए बाढी प्रभावित क्षेत्रमा नि:शुल्क इन्टरनेट उपलब्ध गराउन तयार’ : स्टारलिंक

नेपाल र तिब्बत सीमावर्ती क्षेत्रमा आएको बाढीपछि स्टारलिंकले सरकारी अनुमति पाउनासाथ उपकरण परिचालन गरी नेपाल सरकार र मानवीय साझेदारलाई नि:शुल्क इन्टरनेट सेवा उपलब्ध गराउने जनाएको छ।

अ+ अ-

काठमाडौँ । भू-उपग्रहमा आधारित इन्टरनेट सेवा प्रदायक स्टारलिंकले नेपाल र तिब्बत सीमावर्ती क्षेत्रमा आएको बाढीपछि नेपाल सरकार र मानवीय साझेदारलाई सहयोग गर्न नि:शुल्क इन्टरनेट सेवा उपलब्ध गराउन तयार रहेको जनाएको छ।

कम्पनीले अनुमति प्राप्त हुनासाथ आवश्यक उपकरण परिचालन गरी नि:शुल्क सेवा उपलब्ध गराउने बताएको हो।

स्टारलिंकले भनेको छ, ‘अनुमति प्राप्त हुनासाथ नेपाल सरकार र मानवीय साझेदारहरूलाई सहयोग गर्न स्टारलिंकका उपकरण परिचालन गर्न र नि:शुल्क सेवा उपलब्ध गराउन हामी तयार छौँ।’ कम्पनीले यस साताको बाढीबाट प्रभावित नेपाल र तिब्बत सीमावर्ती क्षेत्रका नागरिकप्रति सहानुभूति व्यक्त गरेको छ।

सडक, पुल तथा मोबाइल सञ्चार सञ्जाल अवरुद्ध भएको अवस्थामा खोजीमा समन्वय गरिरहेका उद्धार टोली, घाइतेको उपचारमा खटिएका स्वास्थ्य टोली र अझै सम्पर्कमा नआएका व्यक्तिसँग सम्पर्क गर्ने प्रयासमा रहेका परिवारका लागि स्टारलिंकको सञ्चार सेवा उपयोगी हुने कम्पनीले जनाएको छ।

स्टारलिंकका अनुसार उपकरण सञ्चालनका लागि विद्युत् स्रोत र खुला आकाश देखिने स्थान आवश्यक पर्छ। यी सुविधा उपलब्ध भए उपकरण बक्सबाट निकालेको केही मिनेटमै उच्च गतिको तथा न्यून विलम्बता भएको इन्टरनेट सेवा उपलब्ध गराउन सकिने कम्पनीको भनाइ छ।

कम्पनीले तत्काल सेवा सञ्चालन गर्ने नभई आवश्यक अनुमति प्राप्त भएपछि उपकरण परिचालन र नि:शुल्क सेवा उपलब्ध गराउने जनाएको हो।

0 Comments