१४ भाद्र २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भोटेकोशी बाढी: काभ्रेपलाञ्चोकबाट ३६ लाख सहयोग

अ+ अ-

काभ्रेपलाञ्चोक । भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत तथा पुन:स्थापनाका लागि काभ्रेपलाञ्चोकका विभिन्न निकायले रु. ३६ लाख सहयोग गर्ने घोषणा गरेका छन् ।

चौँरीदेउराली गाउँपालिकाले रु. १० लाख, रोशी गाउँपालिकाले रु. १० लाख, नेपाली काँग्रेस काभ्रेपलाञ्चोक जिल्ला समितिले रु. ११ लाख र बनेपास्थित अच्युतानन्द ज्योतिष आयुर्वेद औषधालयले रु. पाँच लाख सहयोग गर्ने भएका हुन् ।

चौँरीदेउराली गाउँपालिकाले जनप्रतिनिधि, कर्मचारी तथा गाउँपालिकाको विपद् व्यवस्थापन कोषबाट उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उपलब्ध गराउने निर्णय गरेको हो । रोशी गाउँपालिकाले जनप्रतिनिधिको सात दिन बराबरको सेवा सुविधा तथा कर्मचारी र शिक्षकको एक दिनको पारिश्रमिकबाट रु. नौ लाख ७० हजार सात सय तथा विपद् व्यवस्थापन कोषबाट रु २९ हजार दुई सय गरी रु. १० लाख उक्त कोषमा जम्मा गर्ने निर्णय गरेको अध्यक्ष दिनेश लामाले जानकारी दिए । 

यसैगरी, नेपाली काँग्रेस जिल्ला समितिले नेता तथा कार्यकर्ताबाट सङ्कलित रु. ११ लाख पार्टीको केन्द्रीय विपद् व्यवस्थापन कोषमार्फत सम्बन्धित निकायमा पठाउने जिल्ला सभापति तीर्थ लामाले बताए । अच्युतानन्द ज्योतिष आयुर्वेद औषधालयले पनि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. पाँच लाख सहयोग गरेको छ ।

यसैबीच, भोटेकोशी बाढीका क्रममा विभिन्न काम तथा भ्रमणका सिलसिलामा रहेका काभ्रेपलाञ्चोकका ३९ जना नागरिक सम्पर्कविहीन रहेको जिल्ला प्रशासन कार्यालय धुलिखेलले जनाएको छ । जिल्लाका ४७ जना बेपत्तामध्ये आठ जना परिवारको सम्पर्कमा आएको कार्यालयले जनाएको छ ।

0 Comments