१४ भाद्र २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चीनबाट नेपाललाई ३३ करोडभन्दा बढी सहयोग, सी र लीको सन्देश : ‘यो दुःखमा नेपाल एक्लै छैन’

रसुवा बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै चीनले नगद र राहत सहायता उपलब्ध गराएको छ। उद्धारका लागि दक्ष जनशक्ति र हेलिकप्टर पठाएको चीनले ठूलो क्षमताको ड्रोनसमेत ल्याउने तयारी गरेको जनाएको छ।

अ+ अ-

काठमाडौँ । रसुवामा आएको बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति चीनले गहिरो दुःख व्यक्त गर्दै नेपाललाई नगद, राहत सामग्री र उद्धार सहायता उपलब्ध गराएको छ। चिनियाँ राष्ट्रपति सी चिनपिङ र प्रधानमन्त्री ली छियाङले बाढीमा ज्यान गुमाएका नेपालीप्रति श्रद्धाञ्जली अर्पण गर्दै ‘यो दुःखमा नेपाल एक्लै छैन’ भन्ने सन्देश पठाएका छन्।

प्रधानमन्त्री राहत कोषका लागि चीन सरकारले घोषणा गरेको सहयोग हस्तान्तरण गर्न आइतबार अर्थ मन्त्रालय पुगेका नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीको सन्देश सुनाएका हुन्।

“बाढीको विपत्तिका कारण नेपालमा ज्यान गुमाउनुभएका नागरिकप्रति चिनियाँ राष्ट्रपति सी चिनपिङ र प्रधानमन्त्री ली छियाङले गहिरो दुःख व्यक्त गर्नुभएको छ। बाढीमा ज्यान गुमाएकाप्रति उहाँहरूले श्रद्धाञ्जली अर्पण गर्नुभएको छ,” उनीहरूको सन्देश सुनाउँदै राजदूत माओमिङले भने, “यो दुःखमा नेपाल एक्लै छैन। चीन नेपाल र नेपाली जनताको साथमा छ।”

राजदूत माओमिङले विपद्पछिको उद्धार, राहत तथा पुनर्स्थापनामा चीनको सहयोग निरन्तर रहनेसमेत बताएका छन्।

राहत कोषमा झन्डै साढे ३० करोड
राजदूत माओमिङले चीन सरकारका तर्फबाट घोषणा गरिएको २० लाख अमेरिकी डलर अर्थात् झन्डै साढे ३० करोड रुपैयाँको चेक अर्थमन्त्री वाग्लेलाई हस्तान्तरण गरेका छन्।

यसैगरी, चिनियाँ रेडक्रसले उपलब्ध गराएको दुई लाख अमेरिकी डलर अर्थात् करिब तीन करोड ६ लाख रुपैयाँ नगद सहयोगसमेत हस्तान्तरण गरिएको छ।

राजदूत माओमिङले हिमालय क्षेत्रमा आएको ठूलो विपत्तिबाट नेपाल र चीन दुवै प्रभावित भएको उल्लेख गर्दै यसको सामना दुवै देशले मिलेर गर्ने बताएका छन्। नेपालका लागि चीनले घोषणा गरेका अन्य सहायता सामग्रीसमेत भित्रिन सुरु भइसकेको उनले जानकारी दिए।

दुई जहाजबाट ५० टन राहत सामग्री
राजदूत माओमिङका अनुसार आइतबार मात्रै दुई चिनियाँ जहाजले ५० टन राहत सामग्री काठमाडौँ ल्याएका छन्। ती सामग्रीमा टेन्ट, ब्ल्याङ्केट, स्लिपिङ ब्याग, मेडिकल किट र बिस्कुटलगायत छन्।

चीनले आवश्यकताका आधारमा थप सहयोगलाई निरन्तरता दिने पनि उनले बताएका छन्।

चीनमा रोकिएका नेपालीलाई कोरोला नाकाबाट फर्काउने पहल
रसुवा बाढीका कारण चीनतर्फ रोकिएका नेपालीलाई मुस्ताङको कोरोला नाका हुँदै स्वदेश फर्काउने पहल भइरहेको जानकारी पनि राजदूत माओमिङले अर्थमन्त्रीलाई गराएका छन्।

त्यस्तै, जलविद्युत् आयोजनाको सुरुङमा फसेकाहरूको उद्धारका लागि चिनियाँ हेलिकप्टरसहित दक्ष जनशक्ति नेपाल आइसकेको र थप उद्धार प्राविधिकसमेत आइतबार नेपाल आइपुगेको उनले बताएका छन्।

उद्धारका लागि ठूलो क्षमताको ड्रोन ल्याउने तयारी
नेपाल सरकारले उद्धार कार्यका लागि माग गरेको ठूलो परिमाणमा सामग्री बोक्न सक्ने ड्रोन उपलब्ध गराउन चीन सरकारले तीव्र गतिमा काम गरिरहेको राजदूत माओमिङले जानकारी दिएका छन्।

उनका अनुसार नगद र राहत सामग्रीसँगै उद्धारमा आवश्यक जनशक्ति, प्रविधि तथा उपकरणमार्फत पनि चीनले नेपाललाई सहयोग जारी राख्नेछ।

0 Comments