तनहुँ । तनहुँ घर भई रोजगारीको सिलसिलामा यूएईमा रहेका तनहुँवासीको संस्था तनहुँ सेवा समाज, युएईले रसुवा बाढीपीडितको उद्धार र राहतका लागि रु. दुई लाख सहयोग गरेको छ ।
रसुवा लगायतका जिल्लाका बाढी प्रभावित नागरिकको उद्धार तथा राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा समाजले रु. दुई लाख सहयोग गरेको हो ।
समाजले पाँचौँ अधिवेशन स्थगित गर्दै उक्त कार्यक्रमका लागि छुट्याइएको खर्च मध्येबाट उक्त सहयोग गरेको समाजका अध्यक्ष राजु तिमिल्सिनाले जानकारी दिए।
उद्धार, राहत तथा पुन:स्थापनाका लागि स्वदेश तथा विदेशमा रहेका नेपाली तथा विभिन्न संघसंस्थालाई सहयोगका लागि समाजले आह्वानसमेत गरेको छ ।






