१५ भाद्र २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपालमा बाढीपछिको उद्धार र पुनर्स्थापनामा भारतको साथ रहने रक्षा मन्त्री सिंहको प्रतिबद्धता

अ+ अ-

काठमाडौँ। भारतका रक्षा मन्त्री राजनाथ सिंहले नेपालमा हालै आएको बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै विपद्पछिको खोज, उद्धार र पुनर्स्थापनामा भारतले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

नयाँ दिल्लीस्थित नेपाली दूतावास पुगेर सिंहले दूतावासमा राखिएको शोक पुस्तिकामा हस्ताक्षर गरेका छन्। त्यस क्रममा उनले भारत सरकार तथा भारतीय नागरिकका तर्फबाट नेपाल सरकार र नेपाली नागरिकप्रति समवेदना प्रकट गरेका हुन्।

भदौ १० गतेको बाढीमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै सिंहले प्राकृतिक विपत्तिबाट नेपाली नागरिकसँगै भारतीयलगायत अन्य मुलुकका नागरिकसमेत प्रभावित भएको उल्लेख गरेका छन्। उनले मृतकका परिवारप्रति समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।

सामाजिक सञ्जाल एक्समार्फत धारणा सार्वजनिक गर्दै सिंहले नेपाल र भारतबीचको निकट सम्बन्धलाई उल्लेख गरेका छन्। उनले विपद्को यस कठिन अवस्थामा भारत नेपालसँगै रहेको बताएका छन्।

उनका अनुसार दुई देशबीचको मित्रता र साझेदारीलाई आधार बनाउँदै भारतले नेपालका प्रभावित नागरिकलाई आवश्यक सहयोग उपलब्ध गराउनेछ। खोज तथा उद्धारका कामसँगै विपद्पछिको पुनर्स्थापनाका प्रयासमा समेत भारत सहयोग गर्न तयार रहेको सिंहले स्पष्ट पारेका छन्।

नेपालमा भएको विपद्प्रति भारत सरकारको उच्च तहबाट व्यक्त यो प्रतिबद्धताले दुई देशबीचको मानवीय तथा द्विपक्षीय सहकार्यलाई विपद् प्रतिकार्यमा समेत निरन्तरता दिने संकेत गरेको छ।

0 Comments