१५ भाद्र २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रसुवा बाढी अपडेट: हालसम्म ९३९ जनाको मृत्यु, करिब ४ हजार बेपत्ता

अ+ अ-

काठमाडौँ । भोटेकोशी बाढीका कारण हालसम्म ९३९ जनाको मृत्यु भएको पुष्टि भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवामा आएको बाढीका कारण भएको क्षति र जारी खोज तथा उद्धार कार्यको पछिल्लो विवरण सार्वजनिक गरेको हो । 

भदौ १५ गते साँझ ६ बजेसम्मको तथ्यांक अनुसार बाढीमा परेर निधन भएका हालसम्म ९ सय ३९ जनाको शव फेला परेको हो । 

प्राधिकरणका अनुसार बाढीका कारण सबैभन्दा बढी चितवनमा २ सय ७९ जनाले ज्यान गुमाएका छन् । त्यसैगरी नवलपरासी पूर्वमा २ सय १६, नवलपरासी पश्चिममा १ सय ६८, नुवाकोटमा ९५, गोरखामा ६५, धादिङमा ५५, तनहुँमा ३८ र रसुवामा २३ जनाको शव फेला परेको छ । फेला परेका शवहरूमध्ये केही मानव अंगहरू मात्र रहेको प्राधिकरणले जनाएको छ । 

विपदमा परी हालसम्म ३ हजार ९ सय २५ जना सम्पर्कविहीन रहेका छन् । बेपत्ता हुनेहरूमा ८३ जना सुरक्षाकर्मी (नेपाल प्रहरी, सेना र सशस्त्र प्रहरी), भन्सार र अध्यागमनका कर्मचारी, जलविद्युत आयोजनाका ६३९ कामदार, ५९२ विदेशी नागरिक र अन्य सर्वसाधारण रहेका छन् । बाढीमा परी घाइते भएका २ सय ७९ जनामध्ये १ सय ६८ जना विभिन्न अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । घाइतेहरूको विस्तृत विवरण प्राधिकरणको वेबसाइट र फेसबुक पेजमा उपलब्ध गराइएको छ । नेपाली सेनाले मात्रै हालसम्म २ हजार ७ सय जनाको स्वास्थ्य उपचार गरेको जानकारी दिएको छ । 

खोज तथा उद्धार कार्यका लागि सरकारले २१ हजार ८ सुरक्षाकर्मी परिचालन गरेको छ । जसमा नेपाली सेनाका ८ हजार ८ सय ९६, नेपाल प्रहरीका ७ हजार ९ सय ९ र सशस्त्र प्रहरी बलका ४ हजार २ सय ३ जना रहेका छन् । हालसम्म ११ हजार ३७९ जनाको सफल उद्धार गरिएको प्राधिकरणले जनाएको छ । 

नेपाली सेनाको हेलिकप्टरबाट हालसम्म २ सय ५३ विदेशी र ३ हजार ४०४ नेपाली नागरिकको उद्धार गरिएको छ । सेनाले आज मात्रै ८८ पटक उडान भरेको छ भने निजी क्षेत्रबाट पनि २९ वटा उडान भएका छन् । पहिचान खुल्न नसकेका शवहरू विभिन्न २१ वटा अस्पतालमा राखिएको छ ।

0 Comments