काठमाडौँ । लेखा समूह हुम्लाले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि २० हजार ६६९ रुपैयाँ सहयोग गरेको छ।
समूहले विपद्बाट उत्पन्न विषम परिस्थितिमा प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ।







