काठमाडौँ । सिंहदरबारस्थित संघीय संसद भवन परिसरमा जेन जेड शहीद स्मारक पार्क तथा सालिक र स्तम्भ’ को शिलान्यास गरिएको छ ।
आइतबार एक कार्यक्रमकाबीच गृहमन्त्री सुधन गुरुङ, पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले ‘जेन जेड सहिद स्मारक पार्क तथा सालिक र स्तम्भ’को संयुक्त रूपमा शिलान्यास गरेका हुन्।
शिलान्यासपछि सञ्चारकर्मीसँग कुरा गर्दै गृहमन्त्री गुरुङले जेन जेड पुस्ताले अघि सारेका मागहरू सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताए । उनले जेन जेड पुस्ताको आन्दोलनको क्रममा शहीद भएका सबैको सालिक निर्माण गरिने बताए।
उनले भने, ‘हामी आफैँ कसम खाएर आएका छौँ, त्यो उहाँहरूको माग पूरा गर्छौँ । आन्दोलनको क्रममा जति जना शहीद हुनुभएको छ, उहाँहरू सबैको सालिक बन्छ ।’
सरकारले जेन जेड शहीद दिवसको अवसरमा २३ भदौमा मुलुकभर सार्वजनिक बिदा दिने निर्णय समेत गरेको छ ।






