२२ भाद्र २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हेटौँडामा तौलपुल सञ्चालन

अ+ अ-

काठमाडौँ । सात वर्षपछि वागमती प्रदेशको राजधानी हेटौँडामा सोमवारदेखि तौलपुल (धर्मकाँटा) पुनः सञ्चालनमा आएको छ । नारायणी यातायात व्यवसायी संघले हेटौँडा-११, थानाभर्याङमा जिल्ला प्रशासन कार्यालय मकवानपुरको सहमतिमा मालवाहक सवारीसाधनको तौल परीक्षण गर्ने तौलपुल पुनः सञ्चालनमा ल्याएको हो ।

२०७७ सालदेखि बन्द रहेको तौलपुल सोमवार नारायणी यातायात व्यवसायी संघका अध्यक्ष सरोज खनाल, नेपाल ट्रक यातायात व्यवसायी महासंघका महासचिव बद्रीप्रसाद चौलागाईं, मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारी, जिल्ला प्रहरी प्रमुख श्यामबहादुर खत्री, जिल्ला ट्राफिक प्रहरी प्रमुख रमेश विष्ट, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी लगायतको उपस्थितिमा पुनः सञ्चालन गरिएको हो ।

विशेष गरी पृथ्वी राजमार्ग बाढी तथा पहिरोका कारण अवरुद्ध भएपछि काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्गका रूपमा प्रयोग भइरहेको त्रिभुवन राजपथमा ओभरलोड नियन्त्रण गर्ने उद्देश्यले तौलपुल सञ्चालनमा ल्याइएको संघले जनाएको छ । क्षमताभन्दा बढी भार बोकेका मालवाहक सवारीसाधनका कारण त्रिभुवन राजपथमा थप जोखिम उत्पन्न हुनसक्ने नारायणी संघका अध्यक्ष सरोज खनालले बताए ।

हाल मुलुकका विभिन्न स्थानमा प्राकृतिक विपद्का कारण यातायात संरचना प्रभावित भइरहेका बेला त्रिभुवन राजपथको महत्त्व बढिरहेको उल्लेख गर्दै उनले यसको संरक्षण र सुरक्षित सञ्चालनमा ध्यान दिनुपर्ने बताए । तौलपुल सञ्चालनसँगै विपद्को समयमा राजधानीसँग जोड्ने ‘लाइफलाइन’का रूपमा प्रयोग भइरहेको त्रिभुवन राजपथको संरक्षण तथा दीर्घकालीन स्थायित्वमा सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे । तौलपुलबाट सवारीसाधनको वास्तविक भार परीक्षण हुने र तोकिएको क्षमताभन्दा बढी मालसामान बोकेका सवारीसाधनलाई नियन्त्रण गर्न सहयोग पुग्ने अध्यक्ष खनालले बताए ।

त्यसै गरी, नेपाल ट्रक यातायात व्यवसायी महासंघका महासचिव बद्रीप्रसाद चौलागाईंले विपद्को अवस्थामा त्रिभुवन राजपथमा ओभरलोड नियन्त्रण गर्न तौलपुल पुनः सञ्चालन गरिएको बताए । उनकाअनुसार तौलपुल नेपाल सरकारबाट जारी भएको २०७४ सालको धर्मकाँटा नियमावलीअनुसार सञ्चालन गरिएको हो । विपद्को परिस्थितिमा काठमाडौँ जोड्ने महत्त्वपूर्ण वैकल्पिक राजमार्गका रूपमा त्रिभुवन राजपथ प्रयोग भइरहेकाले सडकमा ओभरलोड नजाओस् र यातायात सञ्चालन सहज रहोस् भन्ने उद्देश्यले तौल परीक्षणको व्यवस्था गरिएको उनले बताए ।

त्रिभुवन राजपथ भएर सञ्चालन हुने मालवाहक सवारीसाधनका लागि भार सीमा पनि निर्धारण गरिएको छ । १२ चक्के र १० चक्के सवारीसाधनले अधिकतम १५ टनसम्म मात्रै भार बोक्न पाउनेछन् । त्यस्तै, ६ चक्के तथा ४ चक्के सवारीसाधनले आफ्नो बिल बुकमा तोकिएको क्षमताअनुसार मात्रै मालसामान बोक्नुपर्ने व्यवस्था गरिएको छ ।

0 Comments