२३ भाद्र २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गाउँपालिका कार्यालयमा आगजनी गरेको आरोपमा कर्मचारीसहित दुई जना पक्राउ

अ+ अ-

काठमाडौँ । हुम्लाको ताँजाकोट गाउँपालिका कार्यालयमा आगजनी गरेको आरोपमा प्रहरीले गाउँपालिकाका कर्मचारीसहित दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा ताँजाकोट गाउँपालिका-४ गल्लाबाडाका ४७ वर्षीय कृष्णचन्द्र जैसी र गाउँपालिकाको स्वास्थ्य शाखामा कार्यरत ४५ वर्षीय धनराज ढकाल रहेका छन्।

जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रवक्ता प्रहरी निरीक्षक युवराज ढकालका अनुसार उनीहरूलाई गाउँपालिका कार्यालयमा आगजनी गरेको आरोपमा नियन्त्रणमा लिइएको हो।

प्रहरीका अनुसार गत भदौ ७ गते राति करिब १ बजे ताँजाकोट गाउँपालिका-३ टाकुरेस्थित गाउँपालिका कार्यालय भवनमा आगलागी भएको थियो। घटनाबाट कार्यालयमा रहेका विभिन्न कागजात जलेर नष्ट भएका छन्।

आगलागीको घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

0 Comments