२३ भाद्र २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘शून्य सहनशीलतामार्फत जेन जेड शहीदको सपना पूरा गर्न प्रतिबद्ध छौँ’ : कार्यवाहक प्रमुख डंगोल

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले नागरिकमैत्री शासन र भ्रष्टाचारमा शून्य सहनशीलतामार्फत जेन जेड सहिदहरूको सपना पूरा गर्न प्रतिबद्ध रहेको बताएकी छन् । 

जेन जेड शहीद दिवसको सन्दर्भमा उनले गत वर्ष भदौ २३ गते सुशासन र भ्रष्टाचारमुक्त शासनको मुद्धा अघि सारेर गरिएको आन्दोलन र त्यसअघिका राजनीतिक आन्दोलनबाट सहादत प्राप्त गरेका सहिद र घाइतेप्रति सम्मान प्रकट गर्दै आफू र कामपाको तर्फबाट प्रतिबद्धता व्यक्त गरिन् । 

“स्वाधीनता, स्वाभिमान र नागरिक अधिकार प्राप्तिका लागि विसं १९९७ देखि गत वर्षको आन्दोलनसम्मका विभिन्न कालखण्डमा अनेकौँ राजनीतिक क्रान्ति र संघर्ष भएका छन् । आज हामीले उपभोग गरिरहेको लोकतान्त्रिक र संघीय शासन व्यवस्था यिनै महान् आन्दोलनको जगमा उभिएको उपलब्धि हो”, डंगोलले भनिन् । 

व्यक्तिगत स्वार्थ, पारिवारिक मोह र सुखसयल त्यागेर नागरिक शासनका लागि जीवन उत्सर्ग गर्ने सम्पूर्ण सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै डंगोलले आन्दोलनका क्रममा घाइते भएका तथा प्रजातन्त्र र परिवर्तनका लागि जीवन समर्पित गर्ने सम्पूर्ण योद्धाहरू र अग्रजहरूप्रति उच्च सम्मान व्यक्त गरिन् । 

“काठमाडौँ हरेक ऐतिहासिक परिवर्तनको प्रत्यक्ष साक्षी हो । शासन सत्ता नागरिकको हित र सेवाका लागि हुनुपर्छ भन्ने सन्देश काठमाडौँले सधैँ प्रवाह गर्दै आएको छ । हामी सरकारी सेवालाई झन्झटमुक्त, प्रविधिमैत्री र नागरिकको घरदैलोसम्म पुर्‍याउने ‘नागरिकमैत्री शासन’ स्थापना गर्न प्रतिबद्ध छौँ । स्वास्थ्य, शिक्षा, खानेपानी र स्वच्छ वातावरण जस्ता मौलिक तथा नैसर्गिक अधिकारको पूर्ण प्रत्याभूति गराउन हामी दृढताका साथ अगाडि बढिरहेका छौँ । हरेक नागरिकले आत्मसम्मानका साथ बाँच्न पाउने विभेदरहित समाज निर्माण हाम्रो मूल लक्ष्य हो”, उनले भनिन् ।

आफूहरू सहिदले देखाएको बाटो पछ्याउँदै हिँडेको बताउँदै कार्यवाहक प्रमुख डंगोलले स्थानीय अर्थतन्त्रको प्रवर्द्धन र पूर्वाधार विकासमार्फत नागरिकको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउन ‘जेन जेड’ आन्दोलन लगायतका विभिन्न संघर्षहरूबाट प्राप्त जनमत पूरा गर्न निरन्तर लागिपरेको उल्लेख गरिन् । 

उनले परिवर्तन केवल शब्दमा मात्र होइन, नागरिकको दैनिक जीवनमा देखिनुपर्नेमा आफू सचेत रहेको स्पष्ट पारिन् । सहिदहरूले देखाउनुभएको बाटो नागरिकले हामीमाथि गर्नुभएको भरोसा हाम्रो मार्गदर्शन हो । “यही मार्गमा अविचलित भई हिँड्दा मात्रै कलिलो उमेरमा सहादत प्राप्त गर्ने जेन जेड सहिदहरूको आत्माले चीरशान्ति पाउनेछ भन्ने हाम्रो अटल विश्वास छ”, उनले भनिन् । 

0 Comments