२५ भाद्र २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एलपी ग्यास प्रतिसिलिन्डर २८ सय रुपैयाँमा बेचेको आरोपमा दुई जना पक्राउ, ८९ सिलिन्डर बरामद

अ+ अ-

काठमाडौँ । खाना पकाउने एलपी ग्यास प्रतिसिलिन्डर दुई हजार आठ सय रुपैयाँमा बिक्री गरी कालोबजारी गरेको आरोपमा प्रहरीले भक्तपुरका दुई स्थानबाट दुई जनालाई पक्राउ गरेको छ।

भक्तपुर नगरपालिका-२ इटाछे र सूर्यविनायक नगरपालिका-३ ब्रह्मनगरमा बिहीबार गरिएको अनुगमनका क्रममा उनीहरूलाई पक्राउ गरिएको हो। प्रहरीले दुवै स्थानबाट विभिन्न कम्पनीका ८९ वटा भरिएका ग्यास सिलिन्डरसमेत बरामद गरेको जनाएको छ।

प्रहरीले बिहीबार साँझ करिब ५ बजे सूर्यविनायक नगरपालिका-३ ब्रह्मनगरस्थित सर्लाही जनरल स्टोरमा अनुगमन गरेको थियो।

पसलबाट उपभोक्तालाई खाना पकाउने एलपी ग्यास प्रतिसिलिन्डर दुई हजार आठ सय रुपैयाँका दरले बिक्री भइरहेको सूचना प्राप्त भएपछि अपराध अनुसन्धान कार्यालय टेकुबाट प्रहरी निरीक्षक हेमबहादुर थपलियाको नेतृत्वमा टोली खटिएको थियो।

अनुगमनका क्रममा पसलबाट हिमाल ग्यासका ७५ वटा भरिएका सिलिन्डर बरामद गरिएको प्रहरीले जनाएको छ। प्रहरीले पसल सञ्चालक २५ वर्षीय उमेश शाहलाई नियन्त्रणमा लिएको छ।

शाहको स्थायी घर सर्लाहीको बरहथवा नगरपालिका-७ रहेको र हाल उनी ब्रह्मनगरमा बस्दै आएको प्रहरीले जनाएको छ।

इटाछेबाट थप १४ सिलिन्डरसहित एक जना पक्राउ
त्यसैगरी, प्रहरीले बिहीबार साँझ करिब साढे ६ बजे भक्तपुर नगरपालिका-२ इटाछेमा अर्को पसलमा अनुगमन गरेको थियो।

अनुगमनका क्रममा सगर ग्यासका १४ वटा सिलिन्डरसहित पसल सञ्चालक ४१ वर्षीय राजेश कर्मचार्यलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

दुवै स्थानबाट बरामद गरिएका सिलिन्डरसहित पक्राउ परेका शाह र कर्मचार्यलाई जिल्ला प्रहरी परिसर भक्तपुरमा राखिएको छ।

उनीहरूले ग्यास कहाँबाट ल्याएका थिए, कति समयदेखि तोकिएकोभन्दा बढी मूल्यमा बिक्री गरिरहेका थिए र त्यसमा अन्य व्यक्तिको समेत संलग्नता छ वा छैन भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

0 Comments