२८ भाद्र २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ओलीलाई ध्यानाकर्षण पत्र बुझाइयो 

अ+ अ-

काठमाडौँ । छापा माध्यम बचाउ सुझाव कार्यदलले लोककल्याणकारी विज्ञापनबापत उपलब्ध गराइने रकम कटौती नगर्न आग्रह गर्दै नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसमक्ष ध्यानाकर्षण पत्र बुझाएको छ ।

कार्यदलका प्रतिनिधिले आज एमाले केन्द्रीय कार्यालय, च्यासलमा अध्यक्ष ओलीलाई भेटी छापा सञ्चारमाध्यमले भोगिरहेका समस्या र चुनौतीबारे जानकारी गराउँदै लोककल्याणकारी विज्ञापनको रकम कटौती नगर्न आग्रह गरेका हुन् । 

छापामाध्यमको आर्थिक अवस्था कमजोर बन्दै गएको अवस्थामा लोककल्याणकारी विज्ञापनको रकम कटौती हुँदा सञ्चारमाध्यमको नियमित प्रकाशन तथा पत्रकारको रोजगारीमा प्रत्यक्ष असर पर्ने कार्यदलले जनाएको छ ।

कार्यदलले छापामाध्यमको संरक्षण र प्रवर्द्धनका लागि राज्यबाट उपलब्ध हुँदै आएको लोककल्याणकारी विज्ञापनलाई निरन्तरता दिन तथा यसको रकम कटौती नगर्न सरकारको ध्यानाकर्षण गराएको छ । 

नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेश कमिटीका तर्फबाट गठन गरिएको कार्यदलका संयोजक दामोदर दवाडी र प्रतिनिधिले छापामाध्यमको वर्तमान अवस्था, आर्थिक संकट तथा सञ्चार क्षेत्रको दिगोपनाका लागि आवश्यक नीतिगत व्यवस्थाका विषयमा पनि अध्यक्ष ओलीसँग छलफल गरेका थिए । 

अध्यक्ष ओलीले आफूहरू प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता एवं लोककल्याणकारीका पक्षमा रहेको स्पष्ट गरे ।

0 Comments