२९ भाद्र २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘वार्ता बाहेक हाम्रो कुनै समाधान छैन’ : डा. शशांक कोइराला

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेस संस्थापन इतर समूहका नेता डा. शशांक कोइरालाले पार्टीभित्र देखिएको विवाद समाधानका लागि वार्ता नै एक मात्र विकल्प भएको बताएका छन् ।

उनले काँग्रेसलाई विभाजित नभई एकताबद्ध बनाएर अघि बढाउन आफूहरू गम्भीर रहेको स्पष्ट पारेका हुन् । 

सोमवार चुनदेवीमा आयोजित पत्रकार सम्मेलनमा कोइरालाले पार्टीको १५ औँ महाधिवेशन अत्यन्त महत्वपूर्ण रहेको भन्दै यसले नेपाली काँग्रेससँगै नेपालको राजनीतिको आगामी दिशासमेत तय गर्ने बताए । 

संस्थापन पक्षले संस्थापन इतर समूहले राखेका माग सम्बोधन भइसकेको र अब पार्टी एकतामा नआउनुको कारण नरहेको तर्क गरिरहेको विषयमा कोइरालाले दुवै पक्षको धारणा सुन्नुपर्ने बताए । 

उनले आफूहरूले पटक–पटक एकताबद्ध भएर अघि बढ्न र वार्तामा बस्न आग्रह गरेको दाबी गरे । पूर्वसभापति शेरबहादुर देउवासहित सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्मासँग पनि वार्ताका लागि आग्रह गरिएको उनको भनाइ छ । कोइरालाले काँग्रेसको भविष्य सुरक्षित गर्नु आफूहरूको जिम्मेवारी भएको भन्दै पार्टीलाई सही दिशामा अघि बढाउन आवश्यक कदम चाल्नुपर्ने बताए । 

देउवासँग भेटका लागि समय माग्दा नदिइएको भन्ने समाचारबारे सोधिएको प्रश्नमा उनले देउवा व्यस्त भएको हुनसक्ने बताए । तर भेट्नै नचाहेको भन्ने अवस्था नरहेको उनको भनाइ छ । 

उनले भने, ‘हामी एकताबद्ध भएर जान चाहन्छौँ । वार्ता बाहेक हाम्रो कुनै समाधान छैन । उहाँहरूसँग वार्ता गरेर मूल बाटोमा उहाँहरूलाई स्वागत गर्न चाहन्छौँ। एकताबद्ध भएर अगाडि बढ्न चाहन्छौँ । हामीले त कतिचोटि भन्यौँ, एकताबद्ध भएर जाऔँ, वार्ता गर्न आउनुस् भनेर। उहाँहरूले सुन्नुभएन भने हामीले के गर्ने ? सायद उहाँ व्यस्त हुनुहुन्थ्यो होला । त्यो म भन्न सक्दिनँ । सायद व्यस्तताकै कारणले होला । नत्र भेट्नै नहुने भन्ने त कुनै कुरा आउँदैन ।’ 

उनले १५ औँ महाधिवेशनलाई पार्टीको आन्तरिक विषयमा मात्र सीमित नभई नेपालको राजनीतिक भविष्यसँग जोडिएको महत्वपूर्ण अवसरका रूपमा व्याख्या गरे । काँग्रेसलाई एकताबद्ध बनाएर महाधिवेशनमा सहभागी गराउन आफूहरू वार्तामार्फत समाधान खोज्न तयार रहेको उनको भनाइ छ । 

0 Comments