३० भाद्र २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सांसद राईको आरोप : ‘खोज तथा उद्धारमा सरकारको कमजोरीको कारण नागरिकले अकालमै ज्यान गुमाए’

अ+ अ-

काठमाडौँ । श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राईले रसुवाको भोटेकोशीमा आएको बाढीपछिको खोज तथा उद्धारमा सरकारले प्रभावकारी काम गर्न नसकेको आरोप लगाएका छन् ।

प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् । उनले रसुवालगायत बाढी प्रभावित जिल्लाहरूमा सरकारले खोज, उद्धार र राहतको कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन नसकेको आरोप पनि लगाए । उनले रसुवाको हाकुबेसीस्थित सुरुङमा फसेका नागरिकको उद्धारमा पर्याप्त मात्रमा सुरक्षाकर्मी तथा विज्ञ परिचालन नगरिएको पनि बताए । प्रमुख सचेतक राईले चिलिमे हाइड्रोपावर क्षेत्रमा पनि ६ देखि ८ जना बेपत्ता भएको जानकारीमा आएको बताए।

उनले सरकारको कमजोरीका कारण उद्धार गर्न सकिने नागरिकको समेत अकालमा ज्यान गएको आरोप पनि लगाए ।

उनले भने, ‘हाकुबेसी सुरुङमा हाम्रो अध्यक्षज्यूसहितको टिमले काम गरिरहेको छ । त्यहाँ ३ सय जना करिब बेपत्ता हुनुभएको छ । अहिले जम्मा २० जना उद्धारकर्मी मात्र खटाइएको छ । यो सरकारलाई म प्रश्न गर्न चाहन्छु, त्यसैगरी हिजोअस्तिको चिलिमे हाइड्रो पावरमा पनि लगभग लगभग ६ देखि ८ जना त्यहाँ भित्र बेपत्ता छ भनिएको छ । सरकारको कमजोरीका कारणले गर्दाखेरि धेरै बाँच्न सक्ने, बचाउन सक्ने आम नागरिकहरूको अकालमा ज्यान गएको छ ।’

उनले खोज, उद्धार र राहतको विषयलाई थप प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

0 Comments