३१ भाद्र २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद, चालक फरार

अ+ अ-

सिरहा । सिरहामा लागू औषध गाँजा ओसारपसारमा प्रयोग गरिएको एक एम्बुलेन्सलाई प्रहरीले नियन्त्रणमा लिएको छ। एम्बुलेन्सबाट १०५ किलोग्राम गाँजा बरामद भएको छ भने चालक फरार रहेका छन्।

मंगलवार ८ बजे चोहर्वातर्फबाट ज १ च १२१३ नम्बरको एम्बुलेन्समा गाँजा लोड गरी सिरहातर्फ ल्याइँदै गरेको भन्ने गुप्त सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सिरहाको टोली खटिएको थियो।

प्रहरी टोलीले पछाडिबाट पछ्याउँदै जाँदा सिरहा नगरपालिका वडा नं. १ स्थित हुलाकी सडक खण्डमा चालक एम्बुलेन्स छाडेर फरार भएका थिए। प्रहरीले उक्त एम्बुलेन्स नियन्त्रणमा लिई जाँच गर्दा भित्र जुटको ५ वटा बोरामा राखिएको १०५ किलो गाँजा फेला परेको हो।

गाँजासहित एम्बुलेन्स जिल्ला प्रहरी कार्यालय सिरहामा राखिएको छ। फरार रहेका एम्बुलेन्स चालकको पहिचान तथा खोजतलासका साथै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

0 Comments