१ आश्विन २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘सबैलाई समेट्न आवश्यक जुनसुकै लचकता अपनाउन तयार छु’ : गगन थापा

काँग्रेस सभापति गगनकुमार थापाले पार्टीको महाधिवेशन एकताबद्ध रूपमा सम्पन्न गर्न सबै पक्षलाई एकै ठाउँमा ल्याउने पहलसहित आफ्नो तर्फबाट आवश्यक जुनसुकै लचकता अपनाउन तयार रहेको बताएका छन्।

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीका सबै पक्षलाई समेटेर महाधिवेशन एकताबद्ध रूपमा सम्पन्न गर्न आफू आवश्यक लचकता अपनाउन तयार रहेको बताएका छन्।

बिहीबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै थापाले महाधिवेशनलाई साझा बनाउने प्रयासमा आफ्नो तर्फबाट गर्नुपर्ने सबै काम गर्न तयार रहेको बताएका हुन्।

‘छुट्टाछुट्टै महाधिवेशन गर्नुपर्ने अवस्था छैन’
पूर्वसभापति शेरबहादुर देउवासहित वरिष्ठ नेताहरूलाई सहयोग र सहकार्यका लागि आग्रह गर्दै थापाले पार्टीले छुट्टाछुट्टै महाधिवेशन गर्नुपर्ने कुनै कारण नरहेको बताए।

‘मेरो आदरणीय नेता शेरबहादुर देउवाजीलगायत सबै नेताहरूलाई विशेष अनुरोध गर्न चाहन्छु। अब हामीले छुट्टाछुट्टै महाधिवेशन गर्नुपर्ने कुनै कारण वा अवस्था छैन। सबैलाई एकै ठाउँमा जोडेर महाधिवेशन सम्पन्न गरौँ,’ थापाले भने।

पार्टीको जिम्मेवारीमा रहेका कारण सबै पक्षलाई समेटेर अघि बढाउने दायित्व आफ्नो भएको उल्लेख गर्दै उनले त्यसका लागि आवश्यक पहल र लचकता अपनाउने प्रतिबद्धता व्यक्त गरे।

‘पार्टीको जिम्मेवारीमा रहेकाले सबैलाई समेटेर अघि बढ्न मेरो तर्फबाट गर्नुपर्ने जुनसुकै पहल र आवश्यक लचकता अपनाउन म तयार छु। त्यसैले सबै नेताहरूलाई सहयोग र सहकार्यका लागि हार्दिक अनुरोध गर्दछु,’ उनले भने।

व्यवस्थापनमा केन्द्रित हुन नेता-कार्यकर्तालाई आग्रह
सभापति थापाले महाधिवेशन व्यवस्थापनका लागि आफूले संयोजकको जिम्मेवारीसमेत सम्हाल्ने जानकारी दिए। समय छोटो भएकाले जिम्मेवारी पाएका नेता तथा कार्यकर्तालाई जिल्ला र तल्लो तहमा नगई व्यवस्थापनमा केन्द्रित हुन उनले आग्रह गरे।

‘छोटो समय भएकाले जिल्ला तथा तल्लो तहमा नजाई व्यवस्थापनको काममा मसँगै बसेर सहयोग गरिदिनुहोस्। आवास, भोजनलगायतका विभिन्न समितिहरू बनाएर सम्पूर्ण लजिस्टिक व्यवस्थापन गर्नुपर्नेछ। त्यसका लागि जिम्मेवारी लिनुपर्ने साथीहरूले यहीँ बसेर काम गरिदिनुहुनेछ भन्ने अपेक्षा गरेको छु,’ उनले भने।

महाधिवेशनपछि अन्य विषयमा छलफल
महाधिवेशन व्यवस्थापनसम्बन्धी विषयमा थप छलफल गरी आवश्यक निर्णय लिइने थापाले बताए। महाधिवेशनपछि भ्रातृ संस्थासहित पार्टीका अन्य विषय पनि आपसी सरसल्लाहबाट अघि बढाइने उनको भनाइ थियो।

‘महाधिवेशनपछि भ्रातृ संस्थालगायत पार्टीका अन्य विषयहरू पनि सबैसँग सरसल्लाह गरेर अघि बढाउने निर्णय भएको छ। त्यसैले सबैलाई समेटेर सहमतिका साथ अगाडि बढ्ने हाम्रो प्रयास हुनेछ,’ थापाले भने।

0 Comments