१ आश्विन २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माघमा ‘हिमालयन ग्रिन इनर्जी एक्स्पो’ आयोजना हुने, ३० हजार मेगावाटको मार्गचित्र र जलवायु उत्थानशीलता मुख्य एजेण्डा

अ+ अ-

काठमाडौँ । आगामी माघ ३, ४ र ५ गते ‘हिमालयन ग्रिन इनर्जी एक्स्पो २०२७’ आयोजना हुने भएको छ । नेपालका निजी ऊर्जा उत्पादकहरूको छाता संस्था स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) र ईभेन्ट्स सोलुसन प्रा.ली.को संयुक्त आयोजनामा एक्स्पो हुन लागेको हो । एक्स्पो काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुने इप्पानका अध्यक्ष मोहनकुमार डाँगीले बताए । 

ललितपुरमा आयोजित विशेष पत्रकार सम्मेलनमा अध्यक्ष डाँगीले यस पटकको एक्स्पो ‘उत्थानशील ऊर्जा, समृद्ध नेपाल’ भन्ने मूल नाराका साथ सञ्चालन गरिनेछ । नेपालको वर्तमान विद्युत जडित क्षमता करिब ४ हजार ३०० मेगावाट पुगिसकेको र त्यसमा निजी क्षेत्रको हिस्सा ८० प्रतिशतभन्दा बढी रहेको सन्दर्भमा सरकारले अघि सारेको १० वर्षे ऊर्जा विकास मार्गचित्र (सन् २०३५ सम्म ३० हजार मेगावाट उत्पादन) हासिल गर्न आवश्यक स्वदेशी तथा विदेशी लगानी र प्रविधि जुटाउन यो एक्स्पोले ऐतिहासिक सेतुको भूमिका खेल्ने बताए ।

अध्यक्ष डाँगीले पछिल्ला वर्षहरूमा इलाम, संखुवासभा, लमजुङ, भोटेकोशी र त्रिशूली नदी बेसिनमा आएका आकस्मिक बाढी, पहिरो तथा गेग्रान बहावले जलविद्युत आयोजनाहरूमा ठूलो क्षति पुर्‍याएको स्मरण गराए । प्रदर्शनीमा नेपालसहित भारत, चीन, क्यानडा, नर्वे, दक्षिण कोरिया, जर्मनी, अस्ट्रिया, बुल्गेरिया, चेक रिपब्लिक, इटली, स्विडेन, बेलायत र ब्राजिललगायत १५ भन्दा बढी देशका ऊर्जा कम्पनी, लगानीकर्ता, इन्जिनियरिङ कन्सल्टेन्ट र बैंक तथा वित्तीय संस्थाहरूको सहभागिता रहनेछ । उनले देशभर हाल करिब ६ हजार ४ सय मेगावाट बराबरका आयोजना निर्माणाधीन रहेको बताउनु भयो । यी आयोजनाबाट करिब ५ लाख मानिस प्रत्यक्ष रूपमा रोजगारीमा संलग्न रहेको जिकिर गरे । मेलाले नयाँ पुस्तालाई ऊर्जा उत्पादनबारे जानकारी र व्यावहारिक ज्ञान दिन हाइड्रोपावरका विभिन्न मोडल, प्रविधि प्रदर्शन तथा आयोजना र साइट भ्रमणका कार्यक्रम पनि राख्न सकिने बताए । यसले युवालाई ऊर्जा क्षेत्रमा आकर्षित गर्नुका साथै नेपालमा ऊर्जा उत्पादन कसरी हुन्छ भन्नेबारे बुझ्ने अवसर प्रदान गर्ने उनको भनाइ छ । 

डाँगीले भने, ‘ देशभर अहिले करिब ६ हजार ४ सय मेगावाट बराबरका आयोजना निर्माणाधीन छन् । प्रारम्भिक हिसाबअनुसार यी आयोजनामा झन्डै ५ लाख मानिस प्रत्यक्ष रूपमा रोजगारीमा संलग्न छन् । यसमा सिभिल, मेकानिकल, इलेक्ट्रिकल इन्जिनियरदेखि जियोलोजिस्टलगायत विभिन्न प्राविधिक जनशक्ति आवश्यक पर्छ । त्यसैगरी, सिमेन्ट, डन्डी, उपकरण, हेभी इक्विपमेन्ट, टर्बाइनलगायत ऊर्जा क्षेत्रसँग सम्बन्धित सामग्री र प्रविधिको ठूलो बजार पनि निर्माण भइरहेको छ । त्यसैले ऊर्जा क्षेत्रसँग सम्बन्धित सबै सामग्री, प्रविधि र सेवा प्रदायकलाई एउटै थलोमा ल्याएर प्रदर्शनी तथा एक्स्पो आयोजना गर्नु महत्त्वपूर्ण हुन्छ । यस्तो एक्स्पोले उत्पादक र खरिदकर्तालाई एउटै ठाउँमा भेट गराउने भएकाले बजार विस्तार, प्रविधिको जानकारी, खरिद प्रक्रिया र मूल्यमा छलफल गर्न सहज हुन्छ । यसको प्रभाव एक्स्पो भएको दिनमा मात्र सीमित हुँदैन: आगामी एक वर्षसम्म ऊर्जा उत्पादक र आपूर्तिकर्ताबीचको सहकार्यमा समेत सकारात्मक प्रभाव पार्न सक्छ । नयाँ पुस्तालाई ऊर्जा उत्पादनबारे जानकारी र व्यावहारिक ज्ञान दिन हाइड्रोपावरका विभिन्न मोडल, प्रविधि प्रदर्शन तथा आयोजना र साइट भ्रमणका कार्यक्रम पनि राख्न सकिन्छ। यसले युवालाई ऊर्जा क्षेत्रमा आकर्षित गर्नुका साथै नेपालमा ऊर्जा उत्पादन कसरी हुन्छ भन्नेबारे बुझ्ने अवसर प्रदान गर्छ ।’

प्रदर्शनीका क्रममा सुरुङ खन्ने टनेलिङ उपकरण, रक मेकानिक्स र हेभी हेभी मेसिनरीको विशेष शोकेस, उपत्यकामा १०० भन्दा बढी विद्युतीय सवारीको भव्य र्‍याली, भारत र बंगलादेशसँगको १० हजार मेगावाट विद्युत् व्यापार तथा प्रसारण लाइन विस्तारसम्बन्धी उच्चस्तरीय नीतिगत छलफल, ठूला ब्याट्री भण्डारण प्रणाली र ग्रिन हाइड्रोजन प्रविधिको सम्भाव्यता प्रस्तुति, युवा इन्जिनियर तथा नवप्रवर्तकहरूका लागि ५ लाख नगद पुरस्कारसहितको स्वच्छ ऊर्जा प्रतिस्पर्धा,   इप्पान डे गाला डिनर तथा ऊर्जा सम्मान: माघ ४ गते इप्पानको २६ औँ स्थापना दिवसका अवसरमा आयोजना हुने विशेष समारोह सञ्चालन हुनेछ । 

0 Comments