१ आश्विन २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नियुक्ति, बढुवा र नतिजा प्रकाशन प्रभावकारी बनाउन शिक्षामन्त्री पोखरेलको निर्देशन

शिक्षामन्त्री सस्मित पोखरेलले शिक्षक भर्ना, बढुवा, परीक्षा प्रणाली र पाठ्यक्रममा सुधार गर्दै समयमै नतिजा प्रकाशन गर्ने गरी आयोगलाई प्रभावकारी तथा नतिजामुखी बनाउन नवनियुक्त पदाधिकारीलाई निर्देशन दिएका छन्।

अ+ अ-

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले शिक्षक सेवा आयोगको कामकारबाही प्रभावकारी र नतिजामुखी बनाउन नवनियुक्त पदाधिकारीलाई निर्देशन दिएका छन्।

सिंहदरबारस्थित मन्त्रालयमा बिहीबार आयोगका अध्यक्ष डा. हरिप्रसाद लम्सालसहित नवनियुक्त पदाधिकारीसँग भएको छलफलमा मन्त्री पोखरेलले शिक्षक भर्ना, बढुवा र परीक्षा प्रणाली सुधारलाई प्राथमिकतामा राख्न आग्रह गरेका हुन्।

ऐन-नियमावली समयानुकूल बनाउन जोड
मन्त्री पोखरेलले आयोगको पाठ्यक्रम सुधार गर्नुका साथै आयोगसम्बन्धी ऐन तथा नियमावलीलाई समयानुकूल परिमार्जन गर्नुपर्नेमा जोड दिएका छन्।

विद्यालयमा शिक्षक दरबन्दी मिलान, परीक्षा प्रणालीमा सुधार र निर्धारित समयमै परीक्षाफल प्रकाशन गर्ने विषयलाई प्राथमिकता दिन उनले आयोगका पदाधिकारीलाई आग्रह गरे।

विद्यालय शिक्षा ऐन निर्माणको प्रक्रिया अघि बढिरहेको उल्लेख गर्दै मन्त्री पोखरेलले आगामी ऐनमा शिक्षक सेवा आयोगसँग सम्बन्धित विषयसमेत समेटिने विश्वास व्यक्त गरेका छन्।

नीतिगत र संरचनागत सुधारको तयारी
आयोगका नवनियुक्त अध्यक्ष डा। लम्सालले आयोगलाई गतिशील र नतिजामुखी बनाउने गरी काम सुरु भइसकेको जानकारी दिए।

आयोगको प्रभावकारिता र शिक्षक व्यवस्थापनमा सुधार ल्याउन नीतिगत तथा संरचनागत सुधार आवश्यक रहेको उल्लेख गर्दै उनले त्यसतर्फ पहल थालिएको बताए।

मन्त्रिपरिषद्को हालै बसेको बैठकले भक्तपुरका डा। लम्साललाई आयोगको अध्यक्ष तथा मकवानपुरका रामशरण सापकोटा र काठमाडौँका विष्णु घिमिरे रिमाललाई सदस्यमा नियुक्त गर्ने निर्णय गरेको थियो।

छलफलमा मन्त्रीको सचिवालय तथा मन्त्रालयका उच्च अधिकारीहरूको पनि उपस्थिति थियो।

0 Comments