२ आश्विन २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘संविधान पूर्णकार्यान्वयनका लागि तीन तहका सरकारबीच समन्वय आवश्यक’ : मुख्यमन्त्री आचार्य

अ+ अ-

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधानको पूर्ण कार्यान्वयनका लागि तीनै तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन्  । 

संविधान दिवसका अवसरमा राप्ती उपत्यका(देउखुरी)स्थित प्रदेश प्रशासनिक परिसरमा आज आयोजना गरिएको सरसफाइ कार्यक्रममा उनले संविधानले प्रदेश र स्थानीय तहलाई दिएको अधिकार अझै पूर्ण रूपमा प्रत्यायोजन नभएकाले बाँकी अधिकार हस्तान्तरण गर्न संघीय सरकारलाई ध्यानाकर्षण गराए । 

“प्रदेश र स्थानीय तहले संविधानले दिएका अधिकारहरू अहिले पनि कार्यान्वयन गर्न पाइरहेको अवस्था छैन । यसमा संघीय सरकारले अधिकार हस्तान्तरणमा पहल गर्नुपर्ने आवश्यकता छ”, मुख्यमन्त्री आचार्यले भने । संविधानले निर्दिष्ट गरेका अधिकार प्रदेश र स्थानीय तहले उपयोग गर्न पाउनुपर्नेमा उनले जोड दिए।

मुख्यमन्त्री आचार्यले भने, “संवैधानिक अधिकार कार्यान्वयन गर्न जरुरी छ । संविधानले निर्दिष्ट गरेका अधिकारको प्रभावकारी कार्यान्वयनबाट मात्रै संघीय लोकतान्त्रिक गणतन्त्र पूर्ण रूपमा कार्यान्वयनमा आउँछ ।” उनले संविधान र लोकतान्त्रिक व्यवस्थाका लागि योगदान तथा बलिदान दिने ज्ञातअज्ञात सहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइते तथा प्रभावितप्रति उच्च सम्मान प्रकट गरे । 

प्रदेश सरकारले संविधान दिवसका अवसरमा दुई दिनसम्म विभिन्न कार्यक्रम गर्ने निर्णय गरेअनुसार प्रशासनिक परिसरमा सरसफाइ अभियान सञ्चालन गरिएको हो । कार्यक्रममा मुख्यसचिव विनोदबहादुर कुँवरले प्रशासनिक परिसरलाई नमुनायोग्य बनाउने गरी सरसफाइ तथा संरक्षणको काम अघि बढाइएको बताए।

0 Comments