३ आश्विन २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इण्डोनेसियामा चिनियाँ प्रविधिबाट ठूलो फोहोरबाट ऊर्जा उत्पादन परियोजना शुरु

अ+ अ-

इन्डोनेसिया । इण्डोनेसियाले बढ्दो फोहोर व्यवस्थापन चुनौती समाधान गर्दै हरित ऊर्जा उत्पादन गर्ने उद्देश्यले पश्चिम जाभा प्रान्तको बोगोरमा ठूलो ‘वेस्-टु-एनर्जी’ परियोजनाको निर्माण शुरु गरेको छ । 

बोगोर राया–१ वेस्ट–टु–एनर्जी परियोजनाको शिलान्यास बोगोर रीजेन्सीको चिबुङबुलाङ जिल्लामा गरिएको हो । इण्डोनेसियाको सार्वभौम सम्पती कोष दानान्तारा र सरकारको सहकार्यमा निर्माण हुने परियोजनामा चिनियाँ वातावरणीय कम्पनी झेजियाङ वेमिङ इन्भाइरोन्मेन्ट प्रोटेक्सन कम्पनी लिमिटेडको प्रविधि प्रयोग गरिनेछ ।

 परियोजनामा करिव २.८ ट्रिलियन इण्डोनेसियाली ९१५ करोड ७८ लाख अमेरिकी डलर० लगानी हुने बताइएको छ । यसअन्तर्गत फोहोर जलाएर ऊर्जा उत्पादन गर्ने दुई वटा लाइन निर्माण गरिनेछन्, जसको संयुक्त क्षमता वार्षिक ५ लाख ४७ हजार ५०० टन फोहोर प्रशोधन गर्ने हुनेछ ।

परियोजनाबाट करिव १ हजार २०० रोजगारी सिर्जना हुने र फोहोर विसर्जनका लागि ल्यान्डफिलमाथिको निर्भरता घट्ने अपेक्षा गरिएको छ । 

दानान्तारा इन्भेस्टमेन्ट म्यानेजमेन्टका प्रमुख कार्यकारी अधिकृत पान्डु स्यारिरका अनुसार परियोजनाले ग्रेटर बोगोर क्षेत्रका १ लाखभन्दा बढी घरपरिवारलाई विद्युत् आपूर्ति गर्न पुग्ने हरित ऊर्जा उत्पादन गर्नेछ । उनले परियोजनाले वार्षिक ५ लाख टनभन्दा बढी फोहोर प्रशोधन गर्ने र यो बोगोर सहर तथा बोगोर रीजेन्सीबाट उत्पादन हुने प्रशोधनयोग्य फोहोरको करिव ४५ प्रतिशत बराबर हुने बताए । 

परियोजनाले ल्यान्डफिलबाट हुने फोहोरसम्बन्धी उत्सर्जनलाई ८० प्रतिशतसम्म घटाउने तथा वार्षिक करिव ६ लाख ४० हजार टन कार्बन डाइअक्साइड बराबरको उत्सर्जन कटौती गर्ने अपेक्षा गरिएको छ ।

0 Comments