५ आश्विन २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पूर्वाधार र कृषिसहित ३ संसदीय समितिको बैठक आज बस्दै

अ+ अ-

काठमाडौँ । सोमवार विभिन्न तीन वटा संसदीय समितिको बैठक बस्ने भएको छ ।

संघीय संसद् सचिवालयका अनुसार कानुन, न्याय तथा मानव अधिकार समिति बैठक बिहान १० बजे बस्नेछ । 

बैठकमा कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा विपद् व्यवस्थापन, बाढीबाट प्रभावित नागरिकहरूको मानव अधिकार संरक्षण तथा जलवायु न्यायका विषयमा छलफल गर्ने कार्यसूची छ।

उक्त छलफलका लागि समितिले गृह मन्त्रालय, कृषि, वन तथा वातावरण मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामला मन्त्रालयका सचिवहरूका साथै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुखलाई समेत आमन्त्रण गरेको छ।

यसैगरी बिहान ९ बजे बस्ने कृषि तथा प्राकृतिक स्रोत समितिको बैठक बस्नेछ । बैठकमा नार्क अन्तर्गतका क्षेत्रीय कार्यालय तथा अनुसन्धान केन्द्रहरूको स्थलगत अनुगमनबाट पहिचान भएका समस्या तथा चुनौती, प्राप्त निष्कर्ष एवं कृषि अनुसन्धान प्रणाली सुदृढीकरणका उपायका सम्बन्धमा छलफल गर्ने कार्यसूची छ ।

छलफलका लागि समितिले कृषि मन्त्री, नेपाल कृषि अनुसन्धान परिषद्का कार्यकारी निर्देशक, नेपाल कृषि अनुसन्धान परिषद् र नेपाल कृषि अनुसन्धान परिषद् अन्तर्गतका निर्देशनालय, कार्यक्रम तथा केन्द्रका प्रमुख प्रतिनिधिहरूलाई आमन्त्रण गरेको छ ।

यसैगरी बिहान १० बजे बस्ने पूर्वाधार विकास समितिको बैठकमा बाढी तथा पहिरो प्रभावित रसुवा, नुवाकोट, धादिङ जिल्लामा जनजीवन र पूर्वाधारमा परेको क्षति, पुनर्स्थापना तथा पुनर्निर्माण, पुनर्निर्माणका लागि आवश्यक लगानी व्यवस्थापन सम्बन्धमा छलफल गर्ने कार्यसूची छ ।

0 Comments