५ आश्विन २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नार्क अन्तर्गतका निकायहरूको कार्यशैलीलाई थप परिणाममुखी बनाउन संसदीय समितिको निर्देशन

अ+ अ-

काठमाडौँ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतका निकायहरूको कार्यशैलीलाई थप परिणाममुखी र स्थानीय आवश्यकतामा आधारित बनाउन संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा सोमवार बसेको कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा सभापति अशोककुमार चौधरीले यस्तो निर्देशन दिएका हुन् । उनले अनुसन्धान नतिजाको प्रभावकारी उपयोग र प्रविधि हस्तान्तरणका लागि नीतिगत पहल गरिने बताए । समितिको बैठकमा नार्क मातहतका अनुसन्धान निकायहरूको प्राथमिकता, जनशक्ति व्यवस्थापन, पूर्वाधार विकास र बजेट परिचालनका विषयमा छलफल भएको थियो ।

सभापति चौधरीले क्षेत्रीय निर्देशकहरूबाट प्राप्त सुझाव र स्थलगत अनुसन्धानबाट देखिएका निष्कर्षका आधारमा कृषि अनुसन्धान प्रणालीलाई पुनर्संरचना गरिने जानकारी दिए ।

छलफलका क्रममा सभापति चौधरीले अनुसन्धान कार्य केवल कागजी प्रक्रियामा सीमित नभई किसानको आवश्यकतासँग जोडिनुपर्नेमा जोड दिए ।

उनले भने, ‘हामीले अनुसन्धान नतिजाको उपयोग र प्रविधि हस्तान्तरणलाई उच्च प्राथमिकतामा राख्नुपर्छ । आजको बैठकबाट आएका सुझावहरूलाई आत्मसात् गर्दै मन्त्रालयलाई समेत आवश्यक नीतिगत निर्देशन दिने तयारी भइरहेको छ ।’

बैठकमा सहभागी सदस्यहरूले अन्तर-संस्थागत सहकार्यको अभावमा अनुसन्धानले अपेक्षित गति लिन नसकेको भन्दै ध्यानाकर्षण गराएका थिए ।

उनीहरूले स्रोत र साधनको सही परिचालन तथा जनशक्ति क्षमता विकासमा विशेष ध्यान दिनुपर्ने माग राखेका थिए ।

समितिले नार्कलाई अनुसन्धानको दायरा फराकिलो बनाउन र स्थानीय तहका कृषि समस्या समाधानमा केन्द्रित हुन निर्देशन दिएको छ ।

0 Comments