६ आश्विन २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सर्लाही र सिन्धुली जोड्ने सडक पहिरोका कारण अवरुद्ध

अ+ अ-

सर्लाही । सर्लाहीको बागमती र सिन्धुलीको हरिहरपुरगढी जोड्ने सडक पहिरोका कारण अवरुद्ध भएको छ । गत शनिबार वर्षासँगै गएको पहिरोबाट बागमती नगरपालिका–११ का विभिन्न तीन स्थानमा सडक पुरिएको हरिहरपुरगढी गाउँपालिका–६ का वडाध्यक्ष एकबहादुर मोक्तानले बताए।

पहिरोले सडकमा क्षति पुर्‍याएसँगै त्यस खण्ड भएर चल्ने यातायातका साधन ठप्प भएको छ । सडक बन्द भएपछि बिरामीलाई अस्पतालसम्म लैजानसमेत समस्या उत्पन्न भएको छ । अन्तर प्रदेशस्तरीय उक्त सडकले पूर्वपश्चिम लोकमार्ग र मदन भण्डारी लोक मार्गलाई जोड्छ। कर्मैया–पिपलमाडी १६ किलोमिटर क्षेत्रमा सडक अवरुद्ध भएपछि यात्री पैदल नै हिँड्न बाध्य भएका छन् ।

सडक अवरुद्ध भएपछि हरिहरपुरगढी गाउँपालिका क्षेत्रका विभिन्न एक दर्जन गाउँका सर्वसाधारण दैनिक उपभोग्य वस्तु किनमेल गर्न, औषधि उपचार र अन्य प्रयोजनका लागि टाढा धाएर हेटौँडा वा सिन्धुली जान बाध्य छन् । छोटो सडक  पहिरोबाट अवरुद्ध भएपछि सर्वसाधारण लामो बाटो छिचोलेर हेटौँडा पुग्नुपर्ने बाध्यता रहेको व्यवसायी किस्मतराज मैनालीले बताए। 

चाडपर्वको मुखमा सडक अवरुद्ध हुँदा उपभोक्ता र व्यापारी दुवैले समस्या झेल्न परेको उनको भनाइ छ । कर्मैया–पिपलमाडी सडकमा सञ्चालन हुने बोलेरोसहित अन्य साना सवारी थन्क्याएर बस्नुपरेको यातायात व्यवसायी कर्मा लामाले बताए । 

यातायात सेवा अवरुद्ध भएपछि स्थानीय पैदल हिँडेरै आउजाउ गर्न र दाल, चामललगायत खाद्य थाप्लोमा बोक्न बाध्य भएको स्थानीयको गुनासो छ । बागमती र मधेस प्रदेश जोड्ने ‘लिंक रोड’ को रूपमा रहेको कर्मैया–पिपलमाडी सडकखण्डमा चुरेको जोखिम पूर्ण डेढ किलोमिटर सडक सर्लाहीतर्फ रहेको छ ।

0 Comments