७ आश्विन २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाढी प्रभावितको सुरक्षित पुन:स्थापनामा सरकार-आईएफआरसी सहकार्य बढाउने प्रतिबद्धता

अ+ अ-

काठमाडौँ । महिला, बालबालिका, लैंगीक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादी र अन्तर्राष्ट्रिय रेडक्रस तथा रेड क्रिसेन्ट महासंघ (आईएफआरसी) का एसिया प्रशान्त क्षेत्रीय निर्देशक अलेक्जेन्डर म्याथ्युबीच बाढी प्रभावितको राहत, संरक्षण र पुन:स्थापनालाई प्रभावकारी बनाउने विषयमा छलफल भएको छ।

भेटवार्तामा रसुवा, नुवाकोटलगायत क्षेत्रमा हालै आएको बाढीबाट प्रभावित नागरिकलाई राहतसँगै दीर्घकालीन तथा सुरक्षित पुन:स्थापनामा जोड दिने विषयमा छलफल भएको हो।

विशेष गरी बाढीबाट प्रभावित महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति तथा अन्य संवेदनशील समूहको सुरक्षा, संरक्षण र अधिकार सुनिश्चित गर्ने विषयलाई प्राथमिकतामा राखिएको थियो।

मन्त्री बादीले विपद्का समयमा नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा आईएफआरसीले प्रभावित समुदायलाई उपलब्ध गराउँदै आएको मानवीय सहयोगप्रति सरकारका तर्फबाट धन्यवाद व्यक्त गरिन्।

उनले विपद्पछि तत्काल राहत उपलब्ध गराउनुका साथै प्रभावित नागरिकको स्वास्थ्य, सुरक्षा, मनोसामाजिक सहयोग र सुरक्षित पुन:स्थापनालाई समेत समान प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने बताइन्।

आईएफआरसीले नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा बाढी प्रभावित क्षेत्रमा आश्रय, खाद्य सामग्री, खानेपानी तथा सरसफाइ, स्वास्थ्य तथा मोबाइल स्वास्थ्य सेवा र मनोसामाजिक सहयोगलगायतका मानवीय सहायता उपलब्ध गराउँदै आएको छ।

भेटमा यस्ता सहयोगलाई थप व्यवस्थित र समन्वित बनाउँदै वास्तविक आवश्यकता भएका समुदायसम्म प्रभावकारी रूपमा पुर्‍याउने विषयमा समेत छलफल भएको थियो।

मन्त्री बादीले विपद्को प्रभाव संवेदनशील समूहमा तुलनात्मक रूपमा गम्भीर पर्न सक्ने भएकाले उनीहरूको विशेष आवश्यकता सम्बोधन हुने गरी संरक्षण तथा पुन:स्थापनाका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिइन्।

सरकार, स्थानीय तह, नेपाल रेडक्रस सोसाइटी तथा अन्तर्राष्ट्रिय मानवीय साझेदारबीचको सहकार्य र समन्वयलाई थप सुदृढ बनाउनुपर्ने उनको भनाइ थियो।

भेटवार्तामा विपद्को तत्कालीन प्रतिकार्यदेखि प्रभावित नागरिकको पुन:स्थापनासम्म मानवीय सहायता प्रभावकारी बनाउने, संरक्षणको आवश्यकता भएका समूहलाई प्राथमिकतामा राख्ने र आगामी दिनमा सरकार तथा अन्तर्राष्ट्रिय मानवीय साझेदारबीचको सहकार्यलाई निरन्तरता दिने विषयमा सकारात्मक छलफल भएको छ।

0 Comments