९ आश्विन २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दलित समुदायको परिभाषा र थर सूचीकरण राजपत्रमा प्रकाशित

अ अ+ अ-

काठमाडौँ । सरकारले दलित समुदायको परिभाषा र उनीहरूले प्रयोग गर्ने थरको सूची नेपाल राजपत्रमा प्रकाशित गरेको छ। 

राष्ट्रिय दलित आयोगको सिफारिसमा मन्त्रिपरिषद्ले स्वीकृत गरेको विवरण महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयमार्फत प्रकाशित गरिएको हो। मुद्रण विभागका अनुसार यो सूचना २०८३ असोज ८ गतेको राजपत्र, सङ्ख्या ३६ मा समावेश छ।

प्रकाशित परिभाषाले विगतमा वर्णाश्रम व्यवस्थाका आधारमा छुवाछुतको व्यवहार भोगेका तथा आर्थिक, राजनीतिक, सामाजिक-सांस्कृतिक, शैक्षिक र रोजगारीलगायत क्षेत्रमा उत्पीडन र बहिष्करणमा पारिएका समुदायलाई समेटेको छ। परिभाषामा श्रम, सीप र कलामार्फत राज्य निर्माणमा उनीहरूले पुर्‍याएको योगदानलाई पनि मान्यता दिइएको छ।

यसअघि राष्ट्रिय दलित आयोगले सिफारिस गरेको थर सूचीसम्बन्धी विवरणमा मन्त्रालयले सरोकारवालासँग राय सुझाव मागेको थियो। स्वीकृत विवरण राजपत्रमा प्रकाशित भएसँगै दलित समुदायको परिभाषा र थर सूचीकरण सरकारी अभिलेखमा सार्वजनिक भएको छ।

0 Comments