९ आश्विन २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कविता प्रतियोगितामा उत्कृष्ट भएका कर्मचारीलाई नगद, प्रमाणपत्र र साहित्यिक पुस्तक प्रदान

अ अ+ अ-

काठमाडौँ । कर्मचारी मिलन केन्द्र, सिन्धुलीले आयोजना गरेको कविता प्रतियोगितामा उत्कृष्ट भएका कर्मचारीलाई नगद, प्रमाणपत्र र साहित्यिक पुस्तक प्रदान गरिएको छ। केन्द्रले विद्यार्थीहरूलाई समेत सहभागी गराएको प्रतियोगितामा कुल नौ जना पुरस्कृत भएका छन्।

कार्यालयस्तरीय प्रतियोगितामा सिन्धुली अस्पतालमा कार्यरत गोपी थापा मगर प्रथम भए। उनले ‘उठ् गोपी उठ्’ शीर्षकको कविता प्रस्तुत गरेका थिए। जिल्ला हुलाक कार्यालयका समीर सापकोटा क्षेत्री ‘प्रिय माछापुच्छ्रे’ कवितासहित द्वितीय भए।

कारागार कार्यालयका गौरव महतो ‘मेरो पहिलो निजामती पोसाकको बटन’ कविताबाट तृतीय भए भने नापी कार्यालयका लोकेन्द्र भण्डारी ‘कर्मचारी सेवा प्रवाहमा ध्यानको महत्त्व’ कविताबाट चौथो भए। प्रतियोगिताले कर्मचारीलाई आफ्नो साहित्यिक सिर्जना प्रस्तुत गर्ने अवसर दिएको आयोजकले जनाएको छ।

विद्यालयस्तरीयतर्फ साइनिङ मुन एकेडेमीकी नन्दनी रौनियार प्रथम, गौमती माध्यमिक विद्यालयका निराकर सिग्देल द्वितीय, जनज्योति माध्यमिक विद्यालय फोस्रेटारकी देश्ना कुँवर तृतीय, गौमती माध्यमिक विद्यालयकी रशिका शर्मा चौथो र जनज्योति माध्यमिक विद्यालय फोस्रेटारकी विनीता मगर पाँचौँ भए।

आयोजकका अनुसार दुवै समूहमा प्रथम हुनेलाई १२ हजार, द्वितीयलाई सात हजार, तृतीयलाई पाँच हजार र चौथो हुनेलाई तीन हजार रुपैयाँ प्रदान गरिएको छ। विद्यालयस्तरमा पाँचौँ हुनेलाई दुई हजार रुपैयाँ दिइएको छ। विजेताहरूले प्रमाणपत्रसँगै साहित्यिक पुस्तक पनि पाएका छन्।

गत असार ६ गते भएको प्रतियोगितामा प्रोल्लास सिन्धुलीय, लोकराज अधिकारी र हेम प्रभास निर्णायक थिए। पुरस्कार वितरण कार्यक्रम केन्द्रका अध्यक्ष कृष्णराज न्यौपानेको अध्यक्षता र प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठको प्रमुख आतिथ्यमा भएको थियो। रसुवाको बाढीपछिको असहज परिस्थितिका कारण भदौ २२ गतेका लागि तय गरिएको पुरस्कार वितरण स्थगित भएको आयोजकले जनाएको छ।

0 Comments