१० आश्विन २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाढीपहिरोले विभिन्न जिल्लाका सडक प्रभावित, केही खण्ड अवरुद्ध र केहीमा रात्रिकालीन सवारी रोक

अ अ+ अ-

काठमाडौँ । अविरल वर्षाका कारण आएको बाढी र पहिरोले देशभरका मुख्य राजमार्गहरू अवरुद्ध भएका छन्। नेपाल प्रहरीले जारी गरेको शनिबार बिहान ७ बजेसम्मको तथ्यांकअनुसार बागमती र कोशी प्रदेशका विभिन्न जिल्लामा सडक सञ्जाल पूर्ण रूपमा बन्द भएको छ। 

सम्भावित जोखिमलाई मध्यनजर गर्दै दर्जनौँ सडक खण्डमा रात्रिकालीन सवारी आवागमनमा पूर्ण रोक लगाइएको छ।

उपत्यकाअन्तर्गत ललितपुरको बागमती गाउँपालिकास्थित भट्टेडाँडा र गोदावरी नगरपालिकाको बिखेंधारामा असोज ९ गते बिहानै गएको पहिरोका कारण कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध भएको छ।

काभ्रेपलाञ्चोकको रोशी र धुलिखेलमा गएको पहिरोले बीपी राजमार्ग र अरनिको राजमार्ग पूर्ण रूपमा बन्द भएका छन्। धादिङको बेनीघाट, कृष्णभीर र गजुरी लगायतका स्थानमा पहिरो खसेपछि पृथ्वी राजमार्गमा सवारी आवागमन ठप्प भएको छ। सूचनामा भनिएको छ, ‘अर्को सूचना जारी नभएसम्मका लागि धादिङ आसपासका क्षेत्रमा पृथ्वी राजमार्गमा चल्ने सम्पूर्ण सवारी साधनहरूलाई पूर्ण रूपमा रोक लगाइएको छ।’

यसैगरी, रसुवा र नुवाकोटका मुख्य राजमार्गहरू भदौ महिनादेखि नै बाढी र पहिरोका कारण अवरुद्ध छन्। नुवाकोटको पासाङ ल्हामु सडक खण्ड र टोखा-छहरे सडक खण्डमा सवारी साधन चल्न सकेका छैनन्। मकवानपुरको भीमफेदी र हेटौँडाको नेवारपानीमा गएको पहिरोले कान्ति लोकपथ र महेन्द्र राजमार्ग पूर्ण रूपमा बन्द भएका छन्।

कोशी प्रदेशमा पनि बाढी र पहिरोले ठूलो असर पुर्‍याएको छ। ओखलढुंगाको मानेभञ्ज्याङस्थित भँडारे खोलामा आएको बाढीले सिद्धिचरण राजमार्ग अवरुद्ध भएको छ। पाँचथरको नावाखोला र दोभाने खोलामा बाढी र पहिरो आएपछि तमोर करिडोर र मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा बन्द भएका छन्।

सम्भावित बाढी र पहिरोको जोखिमलाई ध्यानमा राख्दै विभिन्न जिल्लामा रात्रिकालीन यात्रामा कडाइ गरिएको छ। प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ, ‘भारी वर्षाको पूर्वानुमान रहेकाले सम्भावित क्षति रोक्न अत्यावश्यक बाहेकका सवारी साधनलाई रातिको समयमा चलाउन पूर्ण रूपमा रोक लगाइएको छ।’

कोशी प्रदेशका सोलुखुम्बु, भोजपुर, इलाम, खोटाङ र उदयपुरमा बेलुकादेखि बिहानसम्म यात्रा गर्न पाइँदैन। बागमती प्रदेशका काभ्रे, सिन्धुली, मकवानपुर र दोलखामा पनि असोज ११ गतेसम्मका लागि रात्रिकालीन सवारी आवागमनमा पूर्ण रोक लगाइएको छ। 

0 Comments